हिमालपारीको जिल्ला मुस्ताङका प्रदेश सभासंसद चन्द्रमोहन गौचनले कोरोना भाईरसको कारणले गर्दा विश्वकै पर्यटन क्षेत्र धरासायी भएको तर्फ ध्यानाकर्षण गराएका छन् । नेकपा मुस्ताङका अध्यक्ष समेत रहका गौचनले गण्डकी प्रदेशको प्रदेश सभा बैठकमा बोल्दै आफ्नो जिल्लामा विकास निर्माण तथा समग्र अवस्थाको बारेमा संसदमा कुरा राखेका छन् ।
संसदमा चन्द्रमोहन गौचनले राखेको बिचारको पूर्णपाठ
माननीय सभामुख महोदय, आज हामी यस सम्मानीत सभामा उपश्थित भई गरिमामय प्रदेश सभा बैठकमा छलफल छौं ।
सभामुख महोदय, आज हामी कोभिड–१९ कोरोना भाइरसले विश्वमहामारीको सन्त्रासबाट जगडीएका छौं । यस कोभिड १९ को भयावहबाट करिब ५ महिनाको अवधिमा नेपा लगायत विश्वका देशहरुमा मृत्युबरण हुने सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै संक्रमिट बिरामी हुनुहुने सबैमा स्वास्थ्यलाभको कामना गर्दछु । यस महामारीलाई व्यवस्थीत र नियन्त्रण गर्नको लागि दिन रात नभनीकन खट्नुहुने स्वास्थ्यकर्मी सुरक्षा निकाय लगायतका तिनै तहका सरकारलाई हार्दिक नमन गर्दछु ।
सभामुख महोदय,
आज हामी पर्यटकीय गन्तव्यको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थलको चिनारी सरकारले गर्दै भ्रमण वर्ष २०२० मा नयाँ पर्यटकीय गन्तव्यमा बाह्य पर्यटकहरुलाई चिनारी दिँदै पर्यटकका उद्योगलाई देशको समृद्धिको यात्रा तय गर्ने सरकारको उद्देश्य अनुरुप पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरिबी न्यूनिकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार, देशको आवश्यकता थियो तर विगतलाई हेर्ने हो भने राजनैतिक संक्रमणले गर्दा लामो समय सम्म पर्यटनक्षेत्रको विकासल गतिलिन नसकेको तपाईहामीलाई जगजाहेर छ । त्यस बेला पर्यटन पूर्वाधार विकास तिर खासै चासो राखेको देखिएन । त्यसैबेला २०७२ को विनासकारी भूकम्पले पर्यटन क्षेत्रमा निकै ठूलो असर पारेको थियो भने अहिले कोभिड–१९ ले झनै पर्यटन उद्योगमा सबभन्दा बढी असर पारेको देखिन्छ ।
सभामुख महोदय
देशको आर्थिक समृद्धिको लागि पर्यटन विकास पनि एक आधार हो । यसका लागि पर्यटन क्षेत्रको विकास मार्फत आर्थिक बृद्धि र रोजगारीको अवसर सृजना गर्ने लक्ष्य पन हे । देशलाई आकर्षक तथा सुरक्षीत गन्तव्यके रुपमा विकास गर्दै पर्यटकको आगमनर्लाइ बृद्धि गर्दै जनताको आयस्तरमा बढोत्तरी गर्ने लक्ष्य सरकारके लक्ष्य भएता पनि कोभिड–१९ को कारणले यि सम्पूर्ण सोचहरु निस्क्रिय भएका छन् ।
सभामुख महोदय,
मित्रराष्ट्र चीनको हुवेई प्रान्तस्थित शहरबाट फैलिएको नोबेल कोरोना भाईरस विश्वको अधिकांश देशमा भयाबहको अवस्था बनाएको छ । सबै भन्दा बढी जनसंख्या भएको चीनले यो महामारी सँग सामना गर्नु परेपछि हाम्रो मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । यो महामारीले पर्यटन उद्योग लगायतका व्यवसायीहरुलाई दुखमा डुबाएको छ र बाह्य पर्यटकहरुको भरमा चलेका पोखरा लगायतका होटलहरु कोभिड–१९ र लकडाउनका कारण अस्तव्यस्त भएका छन् ।
माननीय सभामूखम महोदय
सभामुम मार्फत प्रदेश सरकारको ध्यान अकर्षण गर्न चाहन्छु छिटो भन्दा छिटो पर्यटन उद्योग व्यवसायीहरुलाई धरासाही हुनबाट बचाउनको लागि राहत प्याकेजको घोषणा गरियोस धन्यवाद ।