जरकोट । जाजरकोट रानागाउँका युवा नवराज विक लगायत तीन जना युवाको हत्याको विरोधमा जाजरकोटमा प्रदर्शन भएको छ । रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका विकसहित तीन जनाको कुटेर हत्या गरेको विरोधमा जाजरकोटका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन । अरु तीन जना अझै बेपत्ता छन ।
‘हत्याराको खोजी गर, हत्यारालाई फासी दे, पीडक परिवारलाई न्याय दे’नारा लगाउँदै जाजरकोटको खलंगामा स्थानीयले विरोध प्रदर्शन गरेका छन । प्रदर्शनमा सुर्खेतदेखि आएका अधिकारकर्मी र पत्रकार पनि छन । प्रदर्शन जिल्ला प्रहरी कार्यालय खलंगा पुगेर कोणसभामा परिणत भएको छ ।
प्रहरीले युवाहरुलाई कुट्ने वडाध्यक्षसहित युवतीका बुबा आमा लगायत ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।