प्रधानमन्त्री केपी ओलीले भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी तिब्बतको कैलाश मानसरोवर जाने सडक निर्माण गरेको विषयमा चीनसँग समेत कुरा भएको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको मंगलबार संघीय संसद बैठकमा जानकारी दिँदै प्रधानमन्त्रीले जवाफमा चिनियाँ पक्षले परम्परागत तीर्थयात्राको रुट खोल्नेबारे मात्र सहमति भएको बताएको उल्लेख गरे । चीनले नेपाली सीमाना वा त्रिदेशीय भूमिमा असर पार्ने गतिविधि नहुने प्रतिबद्धता जनाएको पनि ओलीले बताए । ‘यो सीमासँग सम्बन्धित छैन भन्ने चीनले स्पष्ट पारेको छ’,ओलीले भने,हामीलाई बताएअनुसार भारतलाई पनि स्पष्ट पारेको छ । त्यसकारण यस सम्बन्धमा हामीले सबैतिर पत्राचार गरेका छौं, कुरा गरेका छौं ।’