नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ ।
आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको हो । नेपाल–अंग्रेस युद्धपछि १८१६ मा भएको सुगौली सन्धीमा नेपालको सीमा कालीनदीको मुहान अर्थात लिम्पियाधुरा हुने उल्लेख भए पनि भारतले अधिपत्य जमाउँदै आएको थियो ।