नेपालमा कोरोना भाइरस (कोभिड–१९) का नौ संक्रमितको संख्या थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
संक्रमित हुनेमा रौतहट इशानाथ नगरपालिका– २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष, रौतहटकै माधव नेरायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला र बारा करैयामाई–५ का ३८ वर्षका पुरुष छन् ।
उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।