सरकारले कोरोना भाइरस (कोभिड- १९) रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन पुनः बढाउने भएको छ ।
आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गर्न लागेको हो । यसअघि मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रमण बढिरहेको भन्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद बैठकले दुई साता लकडाउन अवधि थप गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।
मंगलबार मात्र काठमाण्डुमा उपचारपछि संक्रमणमुक्त भएका ५१ वर्षीय पुरुषमा पुनः परीक्षण गर्दा सं क्रमण देखिएको थियो । यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराएर निको भएपछि घर गएका दुई जनामा पनि पुनः संक्रमणम देखियो ।
नेपालगञ्जमा आइतबार एकै दिन १५ जना र सोमबार ७ जनामा संक्रमण पुष्टि भएपछि सरकार झस्किएको हो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि मुलुकभर लकडाउन गर्दै आएको छ ।