नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको हो ।
भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न माग गरेका थिए ।
यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।