नेपालमा एकैदिन १० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा मंगलबारमात्रै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र काठमाण्डौस्थित केन्द्रिय प्रयोगशालामा दुईजना संक्रमण भेटिएको हो । धरानमा परीक्षण गरिएका ८ जना पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित नुरी मस्जिद र अगावैदण्दीगढि नगरपालिका ५ सिवाहीस्थित मस्जिद गएका मुस्लिम समुदायका व्यक्तिहरु हुन्। अन्य धेरैजनाको परिक्षण पोजेटिभ आएपनि यसको अझै पुष्टि भएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार आजै संक्रमितको सङ्ख्या बढि हुने अनुमान छ । यसकारण अहिले सम्म पुष्टि भएको सङख्या औपचरिक रुपमा सार्वजनिक गरिएको छैन । शंकाष्पद थप केहिको परिक्षण सकिएपनि यसको औपचारिक जानकारी मन्त्रालयसम्म आईपुगेको छैन ।
Source :Tvannapurna.com