नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार थप दुईजनामा कोरोना संक्रमण भएको भेटिएकपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या १४ पुगेको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार कैलालीमा एक र रौतहटमा एकजनामा संक्रमण भएको पुष्टि भएको हो । कैलालीमा भेटिएका संक्रमित बिरगंजबाट कैलाली गएकी ६५ वर्षिय महिला हुन भने रौतहटमा भेटिएका १९ वर्षिय पुरुष हुन । उनिहरु दुवैजना स्थानीय क्वारेन्टाईनमा थिए । अहिले दुवैजनालाई आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।
Previous Articleकोरोना उपचारका लागि छानिए एक सय ११ अस्पताल
Next Article स्वाइनफ्लुभन्दा कोरोना १० गुणा खतरनाक :डब्लुएचओ