चिकित्सा शिक्षाले भन्छ, मानिसलाई रोग लागेपछि औषधि उपचारले गर्ने काम त केवल ५० प्रतिशत हो । त्यो भन्दा ठुलो त उच्च मनोवल चाहिन्छ । यो भन्दा बढि मनोवल अहिले कसैसँग छ भने त्यो हो, प्रधानमन्त्री केपी शर्मा ओली ।
दोस्रो पटक उहाको अहिले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भईरहेको छ । चिकित्सक केही चिन्तित देखिएपनि उहा भने कतै पनि चिन्तित देखिनु भएको छैन । अन्य विरामीलाई चिकित्सकले ढाडस दिन्छन् तर, यहा कथा उल्टो छ । प्रधानमन्त्री ओली स्वयम चिकित्सकहरुको मनोवल उच्च पारिरहनु भएको छ ।
चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले नै चिकित्सकहरूलाई ढुक्क रहेर काम गर्न पटकपटक आग्रह गरिरहनु भएको छ । चिकित्सकहरू केही चिन्तित भएपनि प्रधानमन्त्री स्वयंले ढुक्क भएर आफ्ना काम गर्न आग्रह गरेको डा. अरुण सायमीको भनाई छ । ‘जस्तै भएपनि हामी केही चिन्तित छौँ, तर, उहाँ (प्रधानमन्त्री) त पूरा ढुक्कै हुनुहुन्छ’, सायमीले मंगलबार भन्नुभएको थियो । ‘प्रधानमन्त्रीले उल्टै चिकित्सकहरूलाई सम्झाइरहनु भएको छ, चिन्ता गर्नुपर्दैन । एक हप्तापछि म क्याबिनेट बोलाउँछु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सायमीले भन्नुभयो ।
चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न लागेकी उहाकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीको सबैभन्दा पहिला शल्यक्रिया शुरू गरिएको छ । उहाको मिर्गौला झिकिसकेपछि ओलीको शरिरमा प्रत्यारोपण हुनेछ । प्रत्यारोपण कार्य चलिरहँदा अहिले त्रिवि शिक्षण अस्पतालमा सफल प्रत्यारोपणको कामना गर्दै शुभेच्छुकहरु प्ले कार्ड बोकेर बासिरहेका छन् । उनिहरु भन्दैछन्,‘गेट वेल सुन पिएम ।