बागलुङ, २३ कात्तिक – बागलुङ भगवती यातायात सेवा बागलुङले बागलुङ–सुनौली एसी माइक्रोवस सेवा शुरु गरेको छ । देशका बिभिन्न स्थानमा यातायात सेवा संचालन गरेको भगवती यातायातले यात्रुहरुको माग र सुविधालाई मध्यनजर गरि बागलुङ सुनौली माइक्रोबस सेवा शुरु गरेको हो ।
सेवाको शुभारम्भ गर्दै नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ ‘बासु’ले यात्रुहरुको माग र सेवा सुविधालाई मध्य नगर गरि सुनौलीसम्म शुरु भएको यातायात सेवालाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा प्रहरी उपरिक्षक चक्रबहादुर सिंह, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष मुकेश राजभण्डारीले सेवाको निरन्तरताका लागि आ–आफ्नो क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भगवती यातायातका अध्यक्ष ओमबहादुर खड्काको अध्यक्षता र कार्यालय प्रमुख आनन्द रेग्मीको संचालनमा सम्पन्न भएको थियो । सेवाको पहिलो दिन सोमवार बा ४ ख १२५५ नम्वरको माइक्रोबसले ८ जना यात्रु लिएर सुनौली गएको व्यवसायी शिवप्रसाद आचार्यले जानकारी दिए ।
बागलुङ–सुनौलीका लागि यात्रुको चाप बढेपछि उच्च स्तरिय सेवा सुविधा सहित विहान ६ः४५ बजे बागलुङको समिट चो र बेनीबाट तथा ७ः१५ बजे पर्वतको कुश्माबाट छुट्ने गरि सेवा शुभारम्भ गरिएको उनले जानकारी दिए ।
Previous Articleइमेल प्रकरणमा हिलारी क्लिन्टनलाई सफाइ
Next Article अक्टोबर क्रान्तिको सतवार्षिकी कार्यक्रम