सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिनुभएको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा कांग्रेसले सञ्चारमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले यो जानकारी दिनुभएको हो । ‘सञ्चारमन्त्रीले राजीनामा दिनुभएको मैले जानकारी पाएको छु, तर औपचारिक पत्र आउन बाँकी छ ’ उहाँले भन्नुभयाे ।