ग्राण्डी अस्पतालमा उपचार गराइ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विहीबार साँझसम्ममा डिस्चार्ज हुनु हुने भएको छ ।
प्रधानमन्त्री ओालीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो अस्पताल पुग्नु भएको थियो । भेट पछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको डाइलासिस प्रक्रिया पूरा भएको र उहाँ केही बेर आराम गरी आजै डिस्चार्ज हुने बताउनुभयो । उहाँले चिकित्सकले प्रधानमन्त्रीको अबस्था सामान्य रहेको बताएको उल्लेख गर्दै अब मृर्गौलाको प्रत्यरोपण गर्ने वा के गर्ने भन्ने विषयमा चिकित्सकसँग सल्लाह गरेर निश्कर्षमा पुग्ने बताउनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बुधकार बिहान ९ बजे ग्राण्डी अस्पताल पुग्नुभएको थियो ।