निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको प्रयास गरेको उजुरी दर्ता भएको छ ।
रोशनी शाहीले शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएको छ । गएकाे आइतबार राति कृष्णबहादुर महराले आफुलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीलाई फोन गरेकी शाहीले २ दिनपछि भने बयान फेर्नुभएको थियो । उहाँले आफूलाई महराले केही नगरेको र बाबुछोरीको जस्तै सम्बन्ध रहेको बताउनुभएको थियो ।
तर महरा शाहीको कोठामा गएको र जबर्जस्ती गरेका कयौँ प्रमाण भेटिएपछि रोशनीलाई महराविरुद्ध उजुरी दिन चौतर्फी दबाब परेको थियो । शुक्रबार बेलुका उहाँले महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएको र आइतबार सरकारी वकिलको कार्यालयको आदेश लिएपछि पक्राउ गर्ने सम्भावना रहेको पनि प्रहरी स्रोतले जनाएको छ ।
बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिइसक्नुभएको छ ।