कुनै पनि दिनको छुट्टै महत्व हुन्छ । प्रत्येक दिन भनेको नयाँ दिन हो भने सबै दिनहरुले छुट्टै नयाँ अनि नौला महत्व बोकेर आएका हुन्छन् । प्रत्येक दिनमा नयाँ काम पनि थालिएको हुन्छ । त्यस्तै नयाँ दिनमध्ये आजको दिन पनि एक हो । आजैको दिन संविधानसभाबाट २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको थियो । त्यही दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस विविध कार्यक्रमहरुका साथ मनाइन्छ । नेपाली जनताहरुले वि.सं. २००३ सालदेखिको संविधासभाबाट संविधान प्राप्त गर्ने सपना साकार आजैको दिन भएको थियो । तत्कालीन अवस्थामा नेपाली कांग्रेसले माग गरेको संविधानसभाबाट संविधान बनाउने जुन आशा र भरोसा लिएको थियो त्यो आसा ७९ वर्षपछि २०७२ सालमा आएर पुरा भयो । वि.सं. २००३ मा नेपाली कांग्रेसले संविधानसभाको माग गरेको भए पनि त्यसपछि उसले आफ्नो एजेण्डालाई छाड्यो । प्रजातन्त्र स्थापनापछि आएको नेपालको संविधान २०४७ मा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले २७ बुँदामा असहमति जनाउँदै समर्थन गरे । त्यही बुँदालाई टेक्दै तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्धको थालनी ग¥यो र २०६२÷६३ को जनआन्दोलनपछि संविधान जारी हुने मौका आयो ।
२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी पहिलो पार्टी बन्यो भने नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो पार्टी बन्यो । यस्तो अवस्थामा माओवादीले नेतृत्व गरेको सरकार ९ महिनामै ढल्यो अनि माधवकुमार नेपाल, झलनाथ खनालको नेतृत्वमा सरकार बन्यो तर, जुन संविधान निर्माणको म्याण्डेट थियो त्यो भने पुरा हुन सकेन । त्यसपछि तत्कालीन माओवादीका बाबुराम भट्टराई नेतृत्वमा सरकार बन्यो । उनी नेतृत्वको सरकारले संविधान निर्माण गर्नुको साटो संविधानसभा विघटन गरेर छाड्यो । त्यसपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रीपरिषद् गठन भयो । रेग्मी नेतृत्वको सरकारले २०७० सालमा दोस्रोपटक संविधानसभाको निर्वाचन गरायो । त्यसपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले संविधान जारी ग¥यो । त्यसका लागि नेकपा एमाले र माओवादीको पनि निकै दरिलो साथ रह्यो । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका निकै महत्वपूर्ण रहेको थियो संविधान जारी गर्ने समयमा ।
संविधान जारी भएको चौथो वर्षगाँठ मनाउँदै गर्दा संविधानले दिएका अधिकार र नागरिकको कर्तव्यलाई पनि पालना गर्दै अगाडि बढ्ने अवस्था हो । किनभने कहिल्यै पनि बाह्य र भित्री जो संविधान चाहँदैन थिए । उनीहरुको निकै कडा प्रहारलाई थेग्दै अगाडि बढेको संविधानसभाले नेपाली जनताको पक्षमा मत दियो र संविधानसभाबाट असोज ३ गते संविधान जारी गरेर नेपाललाई संघीय राज्यका रुपमा रुपान्तरण मात्र गरेन विश्वमै नया“ इतिहास रचिएको नेपालका लागि थप नयाँ कदम नयाँ संविधानले दियो । विभिन्न आरोह अवरोधहरु पार गर्दै संविधानसभाबाट जारी भएको संविधानको मर्म अनुसार देश विकास अनि जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसैले यो समयमा विरोधमै अल्झिएर बसेका राजनैतिक दलहरु पनि एक ढिक्का भएर देश विकासका लागि अगाडि बढ्ने काम गरुन् संविधान दिवसको सबैमा शुभकामना !