मानिस जब जन्मन्छ तब उसको मुखमा पर्ने पहिलो चिज भनेकै आमाको स्तनबाट निश्कने दूध हो । स्तनपानलाई विशेष महत्व र मूल्य मान्यताका साथ विश्वभर नै यसलाई निकै चर्चा गर्ने गरिएको पनि छ । जब कुनै पनि महिलाले आफ्नो बच्चालाई राम्रो सँग स्तनपान गराउँछीन् तब त्यो बच्चाको शारिरिक तथा मानसिक क्षमतामा बढोत्तरी हुनुका साथै स्वस्थ्य पनि हुने भन्ने कुरा प्रमाणित नै भै सकेको अवस्था हो । कुनै पनि बालबालिकाले जब सम्म राम्रो सँग आफ्नी आमाको दूध खान पाउँदैनन् उनीहरुको वृत्ती विकास पनि कम हुने अध्ययनले देखाएको छ । स्तनपान भन्नु र गराउनुमा पनि धेरै फरक छ। जसरी अरुलाई सिकाइन्छ त्यो आफूले प्रयोग गर्न भने पक्कै पनि कठीन नै छ । यसको मतलब योहोइन कि सबैले स्तनपान गराउन जान्दैनन् । सबै आमाहरु स्तनपान गराउनमा सक्षम छन् तर त्यसलाई अझै राम्रो र बैज्ञानिक तरिका अपनाउन मात्र पर्छ भन्ने सवाल अहिले उठ्छ ।
महिलाले आफ्नो बच्चालाई स्तनपान गराउने समयमा आफ्नो बसाइ मिल्नु पर्छ भने बच्चालाई समात्ने तौर तरिका पनि राम्रो हुनै पर्छ । यदी बच्चालाई समात्ने तरिका भएन भने बच्चालाई कठीन हुन्छ र आमालाई पनि कठिन नै हुन्छ । त्यसैले बच्चालाई दूध चुसाउने समयमा निश्चित केही कुराहरु ध्यान दिन पक्कै पनि पर्छ । स्तनपान गराउनु भन्दा पहिला आमाले थाहा पाउन पर्ने कुरा मध्येको एक हो बच्चा भोकाएको छ या छैन भन्ने पनि हो । बच्चा भोकाएको र उसको मुख राम्रो सँग खुलेको छैन भने उसले राम्रो सँग स्तनपान गर्नसक्दैन । जब सम्म बच्चाले आमाको स्तनबाट आउने पुरा दूध सकिने बेला सम्म खादैन तब सम्म उसको शरिरलाई चाहिने आवश्यक तत्वहरु नपाउने भएकाले यो कुरालाई ध्यान दिन पर्छ । जब सम्म बच्चाले पूर्णरुपमा भोकाएको महशुष गर्दैन तब सम्म दूध चुसाउनै हुदैन भन्न खोजीएको होइन तर बच्चालाइ आमाको स्तनको दूध भने पुरा सक्ने समय सम्म चुसाउन भने पक्का पर्छ ।
बच्चालाई स्तनपान गराउने समय आमाले आफू राम्रो सँग बस्नुका साथै बच्चालाई पनि सजिलो हुने तरीकाले आसन मिलाएर बस्नु पर्छ । बच्चालाई स्तनपान गराउने समयमा स्तनको मुन्टो बच्चाको मुख भित्र राम्रो सँग परेर स्तनको अगाडीको कालोभाग पनि उसको मुख भित्र भएको खण्डमा मात्रै बच्चाले राम्रो सँग स्तनको दूध चुस्न सक्छ । होइन भने बच्चाले राम्रो सँग आमाको दूध चुश्न सक्दैन त्यसैले स्तनपानगराउने समयमा आमाले अलिकती बढी बच्चा र आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न जरुरी छ । नियमित स्तनपान गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुने भएकाले स्तनपानलाई महत्व दिएर आफू र बच्चा दुवैको स्वास्थ्यलाई मजबुत राख्ने कि?
Previous Article“विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति बनाऔं”
Next Article भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन