वर्षात्को समय क्रमशः अन्त्य हुँदै जान थालेपछि अबका दिनमा नेपाली समाजमा चाडपर्वको मौषमको आगमन हुँदै जान थालेको छ । आज नागपञ्चमी सँगै क्रमश हिन्दू धार्मिक चाडहरु शुरु हुन्छन् । नेपाली समाजमा मनाइने चाडपर्वहरुमा पनि विविधताको खानी नै छ । जमिनको चेपमा बस्ने घश्रने जीवको पुजा गरेर नागपञ्चमी मनाउँदै नेपाली समाजका चाडहरुको शुरुआत हुदै छ । सरिसृपको पुजा गरेर मनाइने आजको नागपञ्चमी सँगै नेपाली समाजमा ठूला चाडहरुको आगमन हुन्छ । साउन शुक्लपक्षको पञ्चमीका दिन पर्ने यो दिनमा नागदेवताको पुजा गरेर नागपञ्चमी मनाइन्छ । बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती रहेको पाइन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यम, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागि आजकै दिन पूजा अर्चना गरिन्छ ।
नागपञ्चमीको दिनमा नागको चित्र अंकित कागज घरको मुल ढोकामा टाँसेर आ–आफ्नो बिधि अनुरुप पुजा गर्ने र पुरोहितहरुले पनि आ–आफ्नो जजमानको घरमा पुगेर नाग टासिदिने गर्दछन् । गाइको गोबर, दुबो र डोरो सहित घरघरमा पुगेर नाग टाँस्दा वर्षभरी रक्षा हुने जनविश्वास रहेको छ । नाग टाँसीदिने पुरोहतिलाई जजमानहरुले आफ्नो गक्षअनुसारको दक्षिणा दिने गर्दछन् । नागपञ्चमीको कहानी भर्खरै शुरु भएको पनि होइन । यसको सम्बन्ध महाभारतमा पनि पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्ने र उनको मृत्यु भएको उल्लेख छ । त्यसपछि उनका छोराले संसारका सबै नागहरु मार्न थाले र ठूलो यज्ञ गरे । यज्ञमा यति शक्तिशाली अग्नी बल्छ कि तक्शका बाहेक सबै नागहरु भष्म भए । यही क्रममा अग्नीको शक्तिका कारण नक्शका पनि नजिकीदै गरेको समयमा मानसदेवीका पुत्र अस्तिकाले माफी मागेपछि यज्ञ स्थगन गरेका थिए । त्यसैले उनीहरुले पुनर्जिवन पाएको दिन नागपञ्चमीको रुपमा मनाइदै आएको हो ।
आज नागपञ्चमीको दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ । नेपाली समुदायले आ–अफ्नो घर नजिक नागको मन्दीर वा थानको स्थापना गरेर नागको पुजा गर्ने र ढोकामा नागको प्रतिमा वा फोटो टाँसेर पुजा गर्दै वर्ष भरी नै आफूहरु ढुक्क हुने कल्पना र विश्वास गर्दछन् । नागपञ्चमीमा नागको पुजा गरेर सबै मानिसको कल्याण होस नागपञ्चमीको शुभकामना ।
Previous Articleबेनीमा स्तनपान सप्ताहसम्बन्धी कार्यक्रम
Next Article रुप्से दैनिक ! १८ श्रावण २०७६