सरकारले गत फागुनमा अपराधीक क्रियाकलाप प्रतिवन्ध लगाए पछि नेत्रविक्रम चन्द(बिप्लब) नेतृत्वका नेकपाका विभिन्न नेता तथा कार्यकर्ताहरुको गिरफ्तारी चल्दै आएको छ । यस्तैमा सोमबार साँझ म्याग्दी प्रहरीले म्याग्दी जिल्ला इन्चार्ज र सेक्रेटरीलाई एकैसाथ गिरफ्तार गरेर आफ्नो सफलताको खुड्कीलो देखाएको छ । प्रहरीले जिल्ला तहका इन्चार्ज तथा सेक्रेटरीलाई एकैसाथ गिरफ्तार गरेर आफ्नो अनुसन्धानको तह कति सम्म मजबुत रहेछ भन्ने देखाएको छ । नेपालमा रहेका सुरक्षा निकायहरुको आ–आफ्नै अनुसन्धान विभाग रहेकै छन् तर पनि सबैले आफ्नो पहुँचलाई कत्तिको मजबुत बनाएको छ भन्ने पनि देखिदैन । यस्तैमा अहिले देखिएको गिरफ्तारी र उनीहरुको सुइको सम्म पनि अरु निकायहरुमा नहुनु प्रहरीको मजबुत अनुसन्धानको एउटा उदाहरण हो ।
सोमबार साँझ नेत्र विक्रम चन्द विप्लब नेतृत्वको इन्चार्ज सानेभिर गाउँपालिका–२ रुकुमका ४२ वर्षिय कमान सिंह नकाल क्षेत्री र म्याग्दी जिल्ला सेक्रेटरी बागलुङ नगरपालिका–३ का ४८ वर्षिय बाबुलाल शाक्यलाई २०७६ साउन ६ गते साँझ ५ बजे प्रहरीले बेनी नगरपालिका ३ बाट गिरफ्तार गरेको छ । म्याग्दीका विभिन्न ५ स्थानका एनसेलको टावरको आगजनीमा समेत संलग्नताको आरोपमा उनीहरुलाई गिरफ्तार छ । उनीहरुबाट मोटरसाइकल र तीन थान मोबाइल तथा अन्य कागजपत्रहरु भेटेको प्रहरीले जनाएको छ । धौलागिरी व्यूरो सदस्य तथा म्याग्दी इन्चार्ज रुकुमका कमान सिंह र बागलुङ घरभै म्याग्दी सेक्रेटरी रहेका बाबुलाललाई एकै साथ गिरफ्तार गरेर करिब करिब म्याग्दीलाई नेतृत्व विहिनको अवस्थामा पु¥याई दिएको छ प्रहरीले । अब भने बिप्लब नेतृत्वको नेकपालाई म्याग्दीमा नयाँ तरीकाले अगाडी बढ्न पर्ने अवस्था सृजना भएको मान्न सकिन्छ ।
हत्या, हिंसा, आतंकको राजनीतिले कसैलाई पनि राम्रो गर्दैन । विश्व राजनीतिक अवस्था हेर्ने हो भने पनि बन्दुकको नालबाट सत्ता निस्कन्छ भन्नेहरुले पछि आएर शान्तिकै मार्गमा समाहित भएका छन् । तर पनि सबै जसो काम गर्नका लागि आ–आफ्नै तबरले अगाडी बढ्ने मात्र नभएर सबै जनताका पक्षमा काम गर्नुको विकल्प छैन । त्यसैले अहिले जुन सुकै समूहले थालेको भएपनि सबैले शान्तिको मार्गबाटै राजनैतिक मूलधारमा आउनुको बिकल्प छैन । त्यसैले सबैलाई मूल धारको राजनीतिमा ल्याउनका लागि सरकारले कदम चाल्नु पर्छ । प्रहरीले जुन तबरले राज्यको निर्देशन पालना गरेर म्याग्दीमा पाएको सफलता छ त्यसको उचित मूल्याङ्कन हुनै पर्छ ।
Previous Article४१औं पुष्पलाल स्मृति दिवस मनाइयो
Next Article म्याग्दीखोलामा बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह