आफैले बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको एकजना कार्यकर्ताको मृत्यु भएको भन्दै निकालेको विज्ञप्तीले सबैलाई चकित पक्कै बनायो । कुनै पनि मानिसले आफ्नो सुरक्षाको लागि भन्दै बोकेको हतियार विष्फोट हुँदा उसैको मृत्यु भएको भन्ने जुन प्रकारको घटना सार्वजनिक भयो त्यसले कसैलाई पनि आनन्द दिएन र दयाको केही हद सम्म पनि सहानुभुति देखाउने तर्फ पनि किन मानिस लागेन । तर जे होस विष्फोटक पदार्थका कारणले जो कसैको पनि ज्यान जानु भनेको कुनै पनि हालतमा सहि र मान्य हुने कुार होइन । जब कोही पनि मानिसले कसैलाई पनि आतंकित पार्न हुदैन । विश्वका कुनै पनि स्थानमा आतंक र हत्या हिंसाको राजनीतिले दिगो रुप लिएको छैन र त्यो कुनै पनि हालतमा पूर्ण रुपमा साम्य पनि हुन सक्दैन ।
नेपालमा १०४ वर्षे राणा शाशनकाल पछि भएका घटनाक्रम अनि राणालाई हटाउनका लागि गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा तथा लखन थापा जस्ता योद्धाहरुले लिएको कदम । देशका जनतालाई शान्ति सु–व्यवस्थाका लागि उनीहरुले गरेको पहलकदमी कुनै पनि हालतमा तुलना गर्न सकिने खालको छैन । सँधै पिल्सिएर बसेका नेपाली जनताको पक्षमा देशलाई ल्याउनका लागि भएका कदमहरु सत्य र सहि थिए । तर पछिल्लो समयमा आएर त्यस्तै नाउँमा हत्या हिंसा र आतंकले निकै आक्रान्त बनाउन थालेको छ । समाजलाई त्रसीत बनाएर निश्चित र निहीत स्वार्थ पुर्ती गर्नका लागि गरिने कुनै पनि कार्य माफी दिन लायक हुदैन । सरकारले कुनै पनि अपराधिक गतिविधिलाई नियन्त्रण र नियमन गर्न तर्फ लाग्नु र शान्ति पूर्ण राजनीतिमा आउनका लागि सबैलाई गरेको आग्रह निकै सम्मान तथा स्वागत योग्य काम हो ।
अहिले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले हतियार सहितको आन्दोलन थालेको भन्न थालिएको छ । तर उनीहरुले चाहेको के हो र प्रस्थान बिन्दु र अन्तिम बिन्दू पनि कुनै टुङ्गे छैन । तरपनि उनीहरुले थालेको आन्दोलनलाई सम्बोधन गर्नभने पर्छ । उनीहरुको माग र सहमतीको विन्दू पहिचान गरेर कसैले पनि नहार्ने खालको व्यवस्था सहित सबैको लागि चाहिने स्वीकार गर्ने किसिमको राजनैतिक प्रस्थान विन्दूमा पुग्नै पर्छ । हत्या हिंसा र आतंकको राजनीति कसैले पनि गर्नु हुदैन । सबैलाइ शान्तिको मार्गमा ल्याउनुको विकल्प छैन । तत्कालिन राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको रुपमा अगाडी बढाउन पहल गरेका थिए भने उनैको पालामा नेपालमा युद्ध शुरु भयो । त्यही युद्धबाट १८ हजार भन्दा बढी नागरिकले ज्यान गुमाए । अब कसैले पनि युद्ध चाहेका छैनन् । त्यसैले सबै पक्षलाई शान्तिको मार्गमा ल्याउन आवश्क छ । देशले शान्तिको मार्गमा हिड्नै पर्छ र जनताले शुखको अनुभुती गर्नेछन् ।
Previous Articleभैंसीलाई भत्ता !
Next Article एनएमबि बैंकद्वारा नयाँ कर्पोरेट अभियान आरम्भ