आइतबार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील(आइसीसी) विश्वकप क्रिकेटको फाइनलमा जे देखियो साहेद कुनै पनि प्रतियोगितामा यस भन्दा पहिला देख्न मुस्कील परेको थियो र क्रिकेटमा भएको थिएन । विश्वकप क्रिकेटमा पहिला ब्याटीङ गरेको टोलीले ५० ओभरको खेलमा दुई सय ४१ रन बनायो दुई सय ४२ रनको विजय लक्ष्य सहित मैदान उत्रेको टोलीले पनि दुइ सय ४१ रन नै बनाउन सक्यो । त्यस पछि आइसीसीको नियम अनुसार सुपर ओभर खेलाइयो त्यसमा पनि दुवै टोलीले १५÷१५ रन बनायो । जब दुवै टोलीले दुई वटा प्रयासमा पनि समान रन बनाएपछि आइसीसीले अपनाएको नयाँ तरीका भने विवादको घेरामा परेको छ । दुवैले निर्धारीत ओभर र सुपर ओभरमा पनि नतिजा आफ्नो पक्षमा पार्न नसके पछि आइसीसीले दुवै टोलीले हानेको बाउण्ड्रीलाई हेरेर इङ्ल्याण्डले बढी बाउण्ड्री हानेको आधारमा बिजेता घोषणा गरेको छ ।
प्रत्येक चार वर्षमा हुने विश्वकप क्रिकेटको फाइनलमा भएको यस्तो प्रकारको निर्णयले सबैलाई चकित बनाएको छ । विश्वकप क्रिकेट जस्तो प्रतियोगितामा समेत भएको यस्तो प्रकारको निर्णयले आम शुभचिन्तकलाई भने अन्यौल भएको छ। विश्वभर फैलन नसकेको भएपनि निश्चित केही देशहरुमा चलेको क्रिकेट भए पनि विश्वमा फैलने क्रममा भने छ । इङ्ल्याण्डबाट शुरु भएको क्रिकेटको अहिलेको संस्करणमा आएर मात्रै पहिलो पटक विश्वकपको उपाधि उचाल्न सकेको इङ्ल्याण्ड आफू खुशी भएको हुन सक्छ तर अहिले सम्मको अभ्यास हेर्ने हो भने न्यूजिल्याण्ड र इङ्ल्याण्ड दुवै टोलीलाई संयुक्त बिजेताको रुपमा घोषणा गर्नु पर्ने थियो । तर त्यस्तो भएन भने पनि कुनै अर्को विधी अपनाएर भए पनि बिजेता टुङ्गो लगाउन पर्ने थियो कि ।
नेपालले मलेसिया सँगको ट्वान्टी ट्वान्टी सिरिज क्लीन स्वीप गरेर नेपालीहरुमा उत्साह जागेको समयमा विश्वकप क्रिकेटको नतिजाले पनि झन कन्फ्युज बनायो । विश्वभर रहेका क्रिकेट प्रेमीहरुको आशा तथा भरोसालाइ आइसीसीले इङ्ल्याण्डलाई बिजयी गराउनका लागि लिएको नीतिले गर्दा सबै चकित भए । तर जे होस क्रिकेट विश्वकपको फाइनल खेल हेर्न लायक भने पक्कै थियो । टस जितेर ब्याटीङ गरेको न्यू जिल्याण्डले २४१ रन बनाउनु र अन्तिम ओभरमा १४ रन बनाउँदै इङ्ल्याण्डले पनि २४१ रन नै बनाएपछि खेल निकै रोकचक मोडमा पुग्यो । त्यस पछि भएको एक ओभरको सुपर ओभरमा पनि दुवैले १५ रन बनाए पछि खेलमा बाउण्ड्ररोप कति पटक कटाइयो भन्ने विषयमा हेरेर न्यूजिल्याण्डलाई हराइयो । समग्रतामा भन्दा दुवै टोली बिजेता भए पनि बिजेता इङल्याण्डलाई घोषणा गरीयो भने च्याम्पियन त दुवै टोली थिए ।