हामी आत्मनिर्भरता अनि स्थानिय उत्पादनलाई जोड दिने तर्फ लागिएन भने कुनै पनि हालतमा हाम्रो मुलुकको उन्नती हुदैन भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । तर अहिले हाम्रो बजार साँघुरो भएको पनि पक्कै हो । जब सम्म बजार क्षेत्र ब्यापक अनि फराकीलो बनाउन सकिदैन तब सम्म हामीले उत्पादन गरेर मात्रै पनि केही हुदैन । जब उत्पादीत सामग्रीहरुले बजारमा बिक्रि हुने मौका पाउँदैन तब कसरी उत्पादनलाई जोड दिँदै उत्पादन बढाउन तिर लाग्न सकिन्छ । युवाहरु अहिले पछिल्लो समय विदेश गएपछि नेपाल फर्किएर स्थानिय स्तरमै उत्पादन तथा व्यवसाय गर्न थालेको वर्तमान अवस्थामा बजार नपाउने समस्याले गिजोलेको पनि पक्का हो । यही समस्या बाट मुक्त हुन सकेको खण्डमा नेपाल र नेपाली युवा व्यवसायीको भविष्य निकै राम्रो हुने देखिन्छ ।
म्याग्दी सदरमुकाम नजिकै रहेको जिल्ला कारागार शाखामा अहिले उत्पादन भएको बाँसबाट बनेका मुढाहरु अहिले कम बिक्रि भएको कैदी बन्दीहरुको गुनासोले गर्दा पनि के देखिएको छ भने उत्पादीत सामग्रीको बजार खोज्न पर्ने देखियो । कारागार भित्रै रहेका ९१ जना कैदी बन्दी सबै जसो काम गर्न सक्षम छन् । उनीहरुले निरन्तर उत्पादन गर्ने हो म्याग्दी जिल्ला मात्र नभएर पर्वत तथा बागलुङ सम्म पनि त्यसको बजारले थेग्न सक्छ । तर उनीहरुले उत्पादन गरेको सामग्री अहिले बजार पाएन भन्ने जुन कुरा आएको त्यसले उनीहरुलाई कति सम्म पिडा अनि समस्या भएको रहेछ भन्ने देखाउँछ । राज्यको नियकाले सुधार गृह भन्दै राखीएका मानिसले उत्पादन गरेको सामग्री बिक्रि नभएर कुहिने अवस्थामा पुगेको कारणले गर्दा राज्यको तर्फबाटै केही कदम चाल्न पर्ने हो कि ?
कारागारमा उत्पादन हुने बाँसका मुडा तथा डाइनीङ सेट अनि काठका टेबल कुर्ची तथा फर्निचर सम्बन्धी अन्य सामग्रीका साथै क्याण्डील, अगरबत्तीका साथै कपडा बुनाइका काम पनि हुन्छन् । त्यसको बजार ब्यवस्थापन गर्न सकेको खण्डमा राज्य भित्रै उत्पादीत सामग्रीले बजार पाउने त थियो नै स्थानिय उत्पादनको खपत बढ्दै जाँदा उत्पादन पनि बढ्दै जाने निश्चित छ । उत्पादीत खाद्यान्न तथा घरायसी सामग्रीले बजार नपाउने समस्या त अहिले निकै छ त्यस माथि अहिले हामीले भोग्दै आएको समस्या भनेको बाह्य आयात नै हो । आयतलाई रोक्दै स्थानिय उत्पादनलाई नै प्रयोग गर्ने बानी बसाल्नु नै देश प्रतिको सच्चा सम्मान हुनेछ ।
Previous Articleजर्मनी पुगेका ४ कलाकार उतै लुके !
Next Article विश्वकप क्रिकेटमा इंग्ल्याण्ड फाइनलमा