बेनी नगरपालिकामा असार १० गते आउनु पर्ने बजेट नआएको चर्चा हुदै गर्दा नेकपा र नेपाली कांग्रेस दुइ पार्टीको जिल्ला तह नै आरोप प्रत्यारोपमा उत्रिएको छ । बजेट नआउने देखिए पछि नेकपा जिल्ला कमिटिले असर १० गते विज्ञप्ती निकालेर नेपाली कांग्रेसलाइ जिम्मेवार भनेको थियो । त्यही विज्ञप्ति बाट असन्तुष्ट भएर नेपाली कांग्रेस म्याग्दीले ११ गते विज्ञप्ती प्रकाशन गर्दै बहुमतको दम्भको कारणले गर्दा नेकपाले नगरपालिकाको बजेटलाइ रोकेको आरोप लगाएको छ ।
नेपाली कांग्रेसका सभापति खमबिर गर्बुजाले हस्ताक्षर गरेको विज्ञप्तीमा बिधि प्रकृया भन्दा पनि बहुमतको दम्भ र पार्टीको प्रत्यक्ष निर्देशनमा चलेको कारणले बजेट नआएको धारणा सार्वजनिक गरेको छ । बिज्ञप्तीमा जेठ ३ गतेको बैठक पुरै स्थगित गरेर नयाँ तरीकाले अगाडी बढ्ने सहमत भए पनि त्यो सहमतीलाइ नेकपाले तोडेको उल्लेख छ ।
नेपाली कांग्रेसको विज्ञप्ती
नेकपाले १० गते प्रकाशन गरेको विज्ञप्तीमा नेकपा जिम्मेवार पार्टी भएकोले खबरदारी गरेको उल्लेख छ । अध्यक्ष गोविन्द पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा नगरसभा तथा बजेट सभा मेयरलेआह्वान गर्न पर्ने उल्लेख छ । समग्रमा नेकपाको विज्ञप्तीमा बैठक डाक्नमा कुनै अवरोध नभएकोले जिम्मेवार राजनैतिक दलको नेतृत्वले बजेट ल्याउन पर्ने उल्लेख थियो ।
नेकपाको विज्ञप्ती
दुबै पार्टीले एक अर्कालाइ आरोप लगाउँदै बिज्ञप्ती निकाल्नु भन्दा पनि बजेट ल्याउने र अस्थिरता हटाउने तर्फ लाग्नुको बिकल्प पक्कै पनि छैन । त्यही जेठ ३ गतेको रटान रट्नु भन्दापनि अदालतमा बिचारधिन रहेको मुद्धालाइ थाँति राखेर कुनै पनि हालतमा बजेट ल्याउन तर्फ लाग्नु पर्ने हो । तर दोस लगाएर बस्नु भन्दा बिबाद समाधान र बजेट ल्याउने तर्फ नै लाग्नु उचित हुन्छ ।