पछिल्लो समय सुनचाँदीको बजार मुल्यमा आएको उतारचडाबले गर्दा सुनचाँदीका गहना खरीद विक्रीको दर पनि निकै उतारचडाब आएको छ । नेपाली बजारमा दैनिक ४० किलो सुन खरिद विक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गर्ने तथ्याङ्ककले देखाउने गरेको भएपनि अहिले उक्त परिणाम निकै तल झरेको देखिएको छ । बिहीबार र शुक्रबार बजारमा देखिएको सुनको कारोवारको अवस्था हेर्ने हो भने ठिक उल्टो गतिमा देखिएको छ । बजारमा छापावाल सुन प्रतितोलाको बिहीबार काठमाडौंमा ६४ हजार र शुक्रबार ६५ हजार बजार मुल्य तोकिए पछि खरिद भन्दा पनि बिक्री गर्नेहरुको संख्या निकै देखिएको थियो । ४० किलो खपत हुने नेपाली बजारमा बिहीबार र शुक्रबार १० केजी पनि विक्र नभएको सुनचाँदी व्यवसायी महासंघको तथ्यले देखाएको छ ।
अहिलेको सुनको मुल्य नेपालकै इतिहास हो । अहिले सम्मकै उच्च मुल्य हो । यस भन्दा पहिला २०७५ फागुनमा ६३ हजार ३ सय रुपैंया पुगेको थियो । त्यस पछि केही कम भएको सुनको बजार मुल्य अहिले आएर ६५ हजार पुगेर नयाँ कृतिमान नै बनाएको छ । अमेरिका इरान युद्धको सम्भावना, अमेरिका चीन व्यापार युद्ध तथा अमेरिकि फेडरल बैंकको आर्थिक मन्दीका कारणले गर्दा सुनको बजार मूल्य आकाशिएको अर्थविज्ञहरुको भनाई छ । यसले के देखाएको छ भने अहिले विश्वमा आर्थिक समस्या विकराल बन्दै गएको पक्का हो । यो समस्यालाई निराकणर गर्नका लागि नेपालले होइन विश्वका सबै शक्तिराष्ट्रहरु लाग्नुको विकल्प छैन । यस्तै अवस्था रही रहने हो भने हत्या हिंसा जस्ता घटनाहरुको बढोत्तरी हुने पक्का छ ।
हामीले गर्ने कुरा र गर्ने व्यवहार भनेको पक्कै पनि फरक हुन्छ । तर अहिले बजारमा देखिएको सुनको बजार मूल्यले पनि एउटा दिगो जटिलता भने पक्कै देखाएको छ । नेपाली बजार मात्र नभएर विश्वबजारमै आएको यो मुल्यको उतारचडाबले गर्दा भोलीको दिनमा सुनका लागि कुनै पनि काम हुन सक्छ भन्ने तर्फ सजग हुन जरुरी छ । त्यत्ती मात्र नभएर बजारमा सुनको मूल्य तथा खरिद विक्रीको जुन असमान दर छ त्यसले सुनको बजार नै धरासायी हुने पक्का छ । विक्री गर्नका लागि बसेका ब्यापारीहरुले खरिद मात्र गर्न पर्ने अवस्था आयो भने पक्कै पनि ब्यापारको रुल मिल्ने छैन । त्यसैले यसको दिगो समाधानका लागि के प्रयास गर्न सकिन्छ आ–आफ्नो क्षेत्रबाट त्यस तर्फ लाग्ने कि?
Previous Articleकति समयको यौनसम्बन्धमा मिल्छ पूर्ण सन्तुष्टि ?
Next Article रुप्से दैनिक ! ०७ असार २०७६