अहिले बजारमा चर्चा रहेको केही प्रसंगहरु छन् । पहिलो प्रशंग हो ईटहरीका मेयरले पत्रकारको नाखको डाँडी भाँच्नका लागि एक करोड बजेट नै बिनियोजन गरेको छु भन्दै दिएको अभिव्यक्ति । उनको अभिव्यक्ती मिडिया जगतका लागि ठाडो चुनौती हो । तर उनले किन चुनौती पेश गरेका छन् भन्ने विषयमा पनि खोज्नु पर्ने भने पक्कै हो । कुनै पनि व्यक्तिले कसैलाई पनि ठाडो चुनौती पेश गर्दैन । तर यदि चुनौती पेश गरी हालेको खण्डमा पनि उनीहरु माथि केही न केही गलत भएको भएरै हुन पर्छ । मेयरले गलत गरेको सबैले निकै ठूलो ईश्यु बनाए । तर मेयरले किन यस्तो भने भन्ने ईश्यु तिर भने कोही पनि लागेको देखिदैन । अहिले मिडियाबाजी गरीएको र सामाजिक सञ्जालभरी छाएको प्रसंग मात्र हेर्ने हो भने मेयर नै सत प्रतिशत गलत हुन् भन्ने देखाएको छ तर उनले डाँडी नै भाँच्ने भन्दै चुनौती किन दिएका रहेछन् तर कसैले पनि सोधखोज गर्न तर्फ लागेको भने देखिदैन ।
पूर्वी नेपाल मात्र होइन अहिले म्याग्दीको स्थानिय तहहरुमा पनि भाँडभैलो भएको हो भन्ने खालको सवाल जवाफ ब्याप्त छ । तर किन यस्तो भयो भन्ने तर्फ भने कसैले पनि ध्यान नदिएको हो कि भन्ने पनि सकिन्छ । यथार्थ के अनि आवश्यकता के भन्ने सवालमा ध्यान जानु पर्नेमा त्यसमा चुकेको देखिएको छ । हुन त कसैले पनि गलत नियतबस गर्दैन भन्ने गरिन्छ । तर अहिले म्याग्दीमा चलेको जुहारी अनि भ्रष्टाचार भएको भन्ने प्रसंगमा यहाँको तारको कनेक्सन कहि कतै कोही सँग जोडीएर सञ्चालित हो कि भन्ने खालको आरोप पनि लागेको छ । मिडिया माथि लाग्ने आरोपलाई खण्डन मात्र गरेर पक्कै हुँदैन । मिडियामा आएका सबै चिज सत्य हुँदैन भन्ने आम जनमानसको सोचाईलाई बल पुग्ने खालका काम पनि हुने भएकाले पनि मिडिया माथि आरोप लाग्दो छ । तर पनि मिडियाले आफूलाई आरोपबाट मुक्त राख्नका लागि प्रयास गर्नु भने पर्छ ।
सञ्चार माध्यमहरुले तयार गर्ने समाचार जन्य सामग्रीहरुमा आम पाठकले पढ्दै गर्दा त्यसको बारेमा अन्य कौतुहलता नहुने खालको आउन जरुरी छ। केही समय अगाडी उप–प्रधानमन्त्री उपेन्द्र यादवलाई अन्तरवार्ताका लागि बोलाएर लाइभ कार्यक्रमबाट निस्केर जान सक्छौ भन्दै पठाउने जस्ता तल्लो स्तरका कार्य गर्न मिडिया लाग्नु हुदैन । सञ्चार माध्यमले पाठकलाई सूचना दिने समयमा कम्तिमा पनि सहि र सत्य सूचना दिने प्रयास गर्नु पर्छ । कुनै पनि हालतमा अन्यौलता उत्पन्न हुने खालको सन्देश हामीले प्रवाह गरेको खण्डमा कालन्तरमा हामीलाई नै समस्या हुन सक्ने तर्फ पनि ध्यान दिन जरुरी छ । कुनै पनि क्षेत्रमा गलत भयो भन्दै गर्दा त्यसको दुवै तर्फको पाटोलाई नियालेर सहित र सतहमा पुगेर सूचना संकलनगरेर हामीले पाठक सामु पस्किन सकेको खण्डमा पाठक आफैले त्यसको मूल्याङ्कन गर्ने छन् । जसका लागि हामी कसैले पनि आफै आफ्नै तबरले मूल्याङ्कन गरेर फैसला गर्ने खालका अभिव्यक्ति नदिएकै जाती हुन्छ कि?
Previous Articleगरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने
Next Article पर्यटकको रोजाइमा नांगी गाउँ र महरेडाँडा