सगरमाथाको देश अनि मन्दीरै मन्दीर भएको शहर भन्दै विश्वले चिन्ने नेपाललाई अब त्यत्तीमै सिमित राख्न हुदैन । नेपाल सम्भावनाहरु धेरै भएको मुलुक पनि हो । नेपाललाई ठूला भारत र चीनको बीचमा अर्थात् दुई ढुङ्गा बीचको तरुल वा त स्याडविच भन्ने गरिएको भएपनि त्यहीमा मात्रै सिमित छैन नेपाल । नेपालमा प्रसस्त मात्रामा युरेनियम, ग्यासको खानी, फलाम तथा तामा खानीका साथै धार्मीक तथा साँस्कृतिक पर्यटकको पनि मुख्य गन्तव्य मध्यको एक हो नेपाल । झापा तथा मोरङ क्षेत्रको पेट्रोलियमको सम्भावना, नवलपरासीको फलाम खानी, म्याग्दीकै तामा तथा फलाम खानीको उत्खनन मात्र गर्न सकेको खण्डमा पनि नेपालको विकास हुन समय लाग्ने छैन । मुस्ताङमा भएको युरेनियमको उत्खनन् कहिले गर्ने? सम्भावनाहरु धेरै छन् तर त्यसलाई प्रयोग गर्ने र उत्खनन तिर कोही पनि नलाग्दा समस्या भएको हो ।
आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । नेपालका सातवटै प्रदेशहरु अनि प्रादेशीक शासन स्वरुपमा गणतन्त्रको नयाँ खाका कोरिइपनि सकिएको अझै छैन ।, संघीय स्वरुपमा । विक्रम सम्वत् २०६५ साल जेठ १५ गते एतिहासिक संविधानसभाको पहिलो बैठकले साढेदुई सय वर्ष लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । त्यसको आज ११ वर्ष पुरा भएर १२ औं वर्ष प्रवेश गर्दै छ । काठमाठौमा केन्द्रीय स्तरमा दिवस मनाउनुका साथै सबै प्रदेश अनि जिल्ला तहमा पनि गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउनका लागि मूल समारोह समिति गठन गरेर कार्यक्रमहरु आयोजना भएका छन् । सम्भावनाहरु धेरै रहेका नेपालमाा गणतन्त्रको १२ औं वर्ष प्रवेश गरेको यो अवसरमा अबका दिनमा विकास निर्माण र भौतिक पूर्वाधारका साथै रोजगारीको सृजनामा लाग्नु पर्छ । आजै आउने बजेट बक्तव्यमा पनि समृद्ध मुलुक निर्माणको मार्गचित्र सहितको बजेट आउनु पर्छ ।
तत्कालिन माओवादीले थालेको १० वर्षे सशस्त्र युद्ध अनि १९ दिन लामो जनआन्दोलनको बलमा स्थापना भएको गणतन्त्रको मुल मर्म यहि मात्र पक्कै पनि होइन । अहिलेकै अवस्था भन्दा पनि नेपाली जनताले निकै धेरै परीवर्तनको आशा पक्कै गरेका थिए । अहिले सम्म धेरै परिवर्तन भयो देशमा । राजाको शासन हटेर राष्ट्रपतिय पद्धतीको थालनी भए पनि अन्य हेर्नलायक अनि भन्न लायकका परिवर्तन भएको छैन भन्ने जनताको गुनासोलाइ आजको दिनमा मनन गरेर कसरी अगाडी बढ्ने भन्ने तर्फ सोच्न भने पक्कै पनि पर्छ । हामीमा स्मरण हुनै पर्छ १२ वर्षअघि नेपालभरि एतिहासिक दिपावली सहित आजकै दिन गणतन्त्र प्राप्तीको उत्साहमा कार्यक्रम गरिएको थियो । हामी सवैको मन अनि हाम्रो वन दुबै तर्फ डाँफे मुनालले उडान भरुन, नेपाली ढाकाटोपी र सगरमाथा उच्च रहुन । देशमाा विधीको शासन कायम होस, देशले राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस् । गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतीर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकैस्वर भई फैलिउन् ।
Previous Article‘मिडिया काउन्सिल विधेयक’ फिर्ता गर्न अनुरोध
Next Article मुनामा माविस्तरीय निबन्धलेखन प्रतियोगिता