मानिसलाई चाहिने गास, बास र कपास सँगै मनोरञ्जन पनि हो । परापूर्वकाल देखिनै मनोरञ्जनको साधन र मनोरञ्जनका लागि गरिने लगानीका बारेमा कथा र किमबदन्तीहरु हामीले सुन्दै आएकै छौं । अहिले पछिल्लो समय भने भोजभतेर, विवाह तथा अन्य कार्यक्रमहरुमा पनि मनोरञ्जनका लागि डिजे बोलाएर गित घन्काउँदै कम्मर मर्काएर नाच्ने वा उफ्रँदै नाच्ने भन्ने होड नै हुन्छ । पहिला भजन अनि रोधीमा नाच्ने प्रचलन भए पनि अहिले पछिल्लो समय आएर पप, आधुनिक, हिपप, ¥याप लगायतका गित संगितको विधाहरु बजारमा चल्तीमा हुँदै गर्दा सबैले सोच्ने नृत्यको कल्पना र नृत्यमा आएको परिवर्तन पनि एक हो । बिज्ञानको आविश्कार रोवर्ट र त्यही रोवर्टको स्टाइलमा नाचिने नाच पनि हुँदै गर्दा समय सँग सबै चिज बदलिने रहेछन् भन्नलाई खासै समस्या छैन ।
नेपालमा मात्रै नभएर विश्वर नै कुने पनि खुशीयाली मनाउँदा, विवाह भोज, जन्मदीन, पुजाआजा तथा अन्य सबै जसो शुभकार्यमा नाचगानको प्रचलन रहेको छ। विवाहमा बाजा बजाएर नाच्ने होस वा कुनै क्लब वा अन्य संघसंस्थाको कार्यक्रममा नाच्ने कार्यक्रम हुन् या पुजाआजामा भजन गाएर नाच्ने । जुन सुकै पुजाआजा तथा कला संस्कृतिको जगेर्नाका कार्यक्रम हुन् या कुनै पनि ठूला साना कार्यक्रमहरुमा नृत्यले आफ्नो पहिचान देखाएकै हुन्छ । विश्वकप फुटबलको उद्घाटन होस या ओलम्पीक अनि विश्वकप क्रिकेट सबैको उद्घाटन तथा समापनमा गायन र नृत्यलाई समावेस गरिएकै हुन्छ । कारण के भन्दा पनि कुनै पनि चिजलाई अझै मजबुत अनि प्रभावकारी बनाउनका लागि नृत्यको मिलन अवश्य हुन्छ ।
आज अप्रिल २९ अर्थात नृत्य दिवस । आजका दिन संसार भर विभिन्न कार्यक्रम गरेर नृत्य दिवस मनाइन्छ । नृत्यको चर्चा जति गर्दा पनि कम नै हुन्छ । रोदीघर देखि देउसिसम्म, साकेला देखि सामाचखेवा सम्म नाचको आ–आफ्नै विशेषता छ । खुशीको अभिव्यक्त गर्न मान्छेमात्र नभई मयूर लगायतका बिभिन्न चरा अनि पशुहरुले सम्म नाच्ने गर्दछन् । धक फुकाएर अनि भावनालाई उजागर गर्ने हिसाबले नाच्न सक्नु एउटा कला हो अनि कहिलेकाँही त लाग्छ कि नाच अर्थात नृत्य आँफैमा एउटा दर्शन हो । खुशीको दर्शन अनि हर्षको दर्पण हो नृत्य, कलाको उत्कर्ष अनि उत्साहको प्रतिबिम्ब नृत्य नै त हो । त्यसैले यसले अभिव्यक्त गर्ने जुन सैलि अनि परम्परागत तरिका छ यसलाई सबैले जोगाउँदै जगेर्ना गर्नु पनि हाम्रो कर्तव्य हो । नृत्य दिवसको शुभकामना ।
Previous Articleघोरेपानी क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम
Next Article रुप्से दैनिक ! १३ वैशाख २०७६