सरकारले सोमबार देखि देशैभरी विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई बिद्यालय पु¥याउँ भन्ने नाराका साथ सुरु भएको अभियानले देशै भर विद्यालय उमेर समूहका कुनै पनि बालबालिका नछुटुन भन्ने नै मूल उद्देश्य हो । नेपालका हिमाली जिल्लाहरुमा फागुनबाट नयाँ शैक्षिक सत्र शुर भएको भएपनि अन्य पहाडी तथा तराइका जिल्लामा भने बैशाख १ गते बाट नयाँ शैक्षिकसत्र शुरु हुने भएकाले अहिले देशै भर सोमबारका दिनबाट भर्ना अभियान थालनी भएको छ । पहिलो चरणको यो अभियान बैशाख १४ गते सम्म चल्ने छ। अहिले भर्ना अभियान नै थालनी गरेर विगतको एकुन्द्रो मेट्ने भन्दा पनि कुनै पनि बालबालिका विद्यालयको दायरा भन्दा बाहीर रहन हुदैन भन्ने नै हो ।
बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबै तर्फ गरेर करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना गर्ने लक्ष्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लिएको छ र त्यस अभियानलाई हामी नागरिकहरुले पनि पक्कै सहयोग गरेर सफल पार्ने नै छौं भन्ने प्रण पनि गर्न आवश्यक छ । अहिलेको भर्ना अभियान अन्र्तगत कक्षा १ मा विद्यार्थीहरु भर्ना हुनेछन् । विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ । अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेका छन । त्यसैले विद्यालय भर्ना गर्नु पर्ने हाम्रो पनि दायित्व हो भन्ने कुराको सबैले हेक्का राख्न पनि जरुरी छ ।
गतवर्ष पनि बैशाखमा सुरु भएको अभियानले धेरै काम गरेको थियो । गत वर्ष अभिभावकत्व ग्रहण गर्नुका साथै धेरै अन्य थप कार्यक्रमका लागि पनि प्रयास गरीएको भएपनि त्यस्ता सबै कार्यक्रमको मुल मर्म भनेको विद्यालय उमेर समूहका बालबालिका विद्यालयको पहुँच भित्र आउनु पर्छ भन्ने नै हो । यस वर्षको पनि त्यही अभियान हिजो सोमबार देखि थालनी भएको हुनाले हामी सबैले बालबालिकाको रुची अनुसारको उनीहरुको पायक पर्ने विद्यालयमा भर्ना गराएर राज्यले थालेको यो महाअभियानमा सहभागी हुँदै शिक्षाको उज्यालो किरण सबैमा छर्नका लागि पहलकदमीका साथ सहभागी बनौं । विद्यार्थी भर्ना अभियान सफल र सार्थक होस शुभकामना ।