आइतबार राती आएको हावाहुरी पछि तराइका बारा र पर्सा जिल्लाम भएको वितण्डा बाट भूकम्प पछि एकै स्थानमा भएको ठूलो क्षती भएको छ । आँधी तुफानको चपेटामा परेका तराइका नेपाली नागरिकहरुका लागि सबै नेपालीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने अहिलेको टड्कारो आवश्यकता हो । नेपाल भित्र भएको क्षतीले देखाएको परिणाम भन्दा पनि देश भन्दा बाहिर पनि जुन सुकै स्थानमा हुन सक्ने दुःखमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु नै पर्छ । मानवियताको नाताले भौतिक, नैतिक, आर्थिक जुन सुकै हिसाबले पनि सहयोग गर्नु नै मानवको जिम्मेवारी हो । अहिले देश नै पिडामा डुबेको छ । अहिले बारा र पर्सा जिल्लामा गरेर २७ जनाको मृत्यु भएको छ भने छ सय भन्दा धेरै घाइते भएका छन् ।
बारा र पर्साका अस्पतालहरुको तथ्याङ्क अनुसार गृह मन्त्रालयले निकालेको विज्ञप्ती अनुसार छ सय ६८ जना घाइते भएका मध्ये दुई सय ८४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने अन्यको उपचार भै रहेको छ । केहीलाई उपचारका लागि काठमाडौ पठाइएको छ भने अरु सबैको स्थानिय अस्पतालमा नै उपचार भै रहेको छ । अहिले सम्मको तथ्यलाई आधार मान्ने हो भने बारा जिल्लामा मात्रै २६ जनाको मृत्यु भएको भने पर्सामा १ जनाको मृत्यु भएको छ । घाइतको उपचारमा खट्ने स्वयंसेवक तथा उपचारमा खट्ने चिकित्सकहरु सबैको सर्हानिय काम त छँदै छ त्यस माथि पनि उनीहरुले जसरी शुरुमै पुगेर उद्धारमा लागेर मानवियता प्रस्तुत गरेका छन् त्यसको कुनै मुल्य हुदैन । आइतबार भएको विपत्तीमा कुनै कुण्ठा नराखी सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु नै सच्चा मानवियता अनि सच्चा नेपाली पन हो ।
मृत्यु सँधै असामयिक नै हुन्छ तर तराइमा आएको हुरीबतासका कारण भएको धनजनको क्षति पक्कै पनि पिडा दायक नै छ । नेपालको मौषम विभागले पनि तराइमा आउन सक्ने सम्भावित हावाहुरीको बारेमा जानकारी दिन नसकेकै हो । यसले के देखाउँछ भने केही कमजोरी सूचना प्रवाह गर्ने निकायबाटै पनि भएको छ । किन भने मौषम पूर्वानुमान महाशाखाले किन यति ठूलो दुर्घटना हुँदै गरेको प्रसंगमा सूचना दिन सकेन? विषय गम्भीर भएकोले यस तर्फ पनि सोच्नै पर्छ । तर मौषम पूर्वानुमान महाशाखाको बारेमा पनि अध्ययन अनुसन्धान अनि छानविन त हुनै पर्छ तर अहिले भनेको तराइमा राहत तथा उद्धार नै हो । त्यसैले सबै आ–आफ्नै स्थानबाट सहयोगमा जुटौं ।
Previous Articleप्रधानमन्त्री ओली द्वारा आँधी प्रभावित क्षेत्रको निरिक्षण
Next Article सिंहिनी आमा, जसले छोरीलाई तीन बलात्कारीबाट बचाइन्