नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णवहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहादको विशेष दुतका रुपमा छ दिवसीय कार्यक्रमका साथ आजदेखि मित्रराष्ट्र चीनको भ्रमणमा जादैछन । हरेक क्षेत्रबाट चासोकासाथ हेरिएको चिनिया राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका लागि समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीको आमन्त्रणा पत्र पनि महराले संगै लिएर जादैछन । त्यसैगरी प्रधनमन्त्री दाहाले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेको आमन्त्रणा पत्र पनि महराले चीनका समवन्धित अधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । दाहाल नेतृत्वको सरकार निर्माण हुदाँ छिमेकीसँग सरोकार राख्ने प्रश्न थियो यो नेतृत्व परिवर्तनपछि चिनियाँ राष्ट्रपति सी को प्रस्तावित नेपाल यात्रा रोकिएला कि नरोकिएला । चीनले उच्च तहबाटै यो आशंकामा सत्यता नभएको र राष्ट्रपति सी नेपाल आउने निर्णय यथावत् रहेको जानकारी नेपाल सरकारलाई गराईसकेको छ । वास्तवमा उच्चतम तहको भ्रमण एकअर्का मुलुकमा हुनु कूटनीतिक परम्पराको निरन्तरतासँगै सम्बन्धित दुई मुलुकबीचका सम्बन्धको महत्व स्वीकार्य हुनु पनि हो ।
हामीले ध्यान पुराउन नसक्दा विगतमा दुई छिमेकीसंगको उच्च तहको भ्रमण एकपक्षिय मात्रै हुने गरेका छन । भारत र चीनबीच उच्चतम राष्ट्राध्यक्ष र प्रधानमन्त्री तहमा भ्रमणको आदानप्रदान बढी एकपक्षीय बन्न पुगेका यतार्थलाई फरक रुपमा अगाडि बढाउनुपर्ने अवस्था अहिले छ । विगतका धेरै जसो उच्च तहको भ्रमणमा चीन र भारत दुवै छिमेकीबाट नेपालको हैसियतको अवमूल्यन भएको छ । नेपालको तर्फबाट चीन र भारतमा लगातार भ्रमण भएका छन् तर नेपालको अनुपातमा छिमेकीबाट त्यो हुन सकेको छैन् । विगत हेर्दा भारतका राष्ट्रपति के आर नारायणको २० वर्षअघि नेपाल भ्रमणयता त्यहाँका कुनै राष्ट्राध्यक्ष नेपाल आएका छैन, यद्यपि राजा ज्ञानेन्द्रले राज्यारोहणको एक वर्षपछि पहिले दिल्ली र पछि बेइजिङको राजकीय भ्रमण गरेका थिए । उनले दुवै मुलुकमा राष्ट्राध्यक्षहरूलाई दिएको निमन्त्रणा स्वीकृत भई ’रेसिप्रोकल’ यात्राको प्रतीक्षामा नेपाल थियो, जुन त्यसपछिको राजनीतिक परिवर्तनका कारण सम्भव भएन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा १७ वर्षको अन्तरपछि नेपाल आए, तर त्यसको १४ महिनापछि उल्टै नेपालले नाकावन्दी भोग्नुपर्यो । २०४६को परिवर्तनपछि नेपालमा बर्सेनी परिवर्तन हुने प्रधानमन्त्रीले केही अपवादबाहेक दिल्ली यात्रा गरिनै रहे पनि त्यो द्विपक्षीय सम्बन्ध र राष्ट्रिय हितलाई भन्दा निजी स्वार्थको संवद्र्धन तथा नेपालको राजनीतिमा भित्रिएको भारतीय उपस्थितिलाई वैधानिकता दिनमा बढी केन्द्रित रहे । राष्ट्रपति डा. रामवरण यादवले २÷३ पटक भ्रमण गरे पनि त्यसले समान हैसियतको उच्च तहको भ्रमणको सिलसिला सुरु गर्न सकेन । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले सन् २०१२ को प्रारम्भमा केही घन्टा नेपाल भ्रमण गरी चीनको उच्चतम तहको राडरमा नेपालको राजनीति र परिस्थिति रहेको संकेत दिए पनि नेपालको कूटनीतिक कद माथि भने उठ्न सकेन । तर यसपटक राष्ट्रपति सीको प्रस्तावित भ्रमणको अर्थ फरक हुने विश्वास गर्ने धेरै आधारहरु छन् । त्यही आधारलाई टकेर प्रधानमन्त्री दाहालका दुत महराले कार्यसम्पादन गर्न सक्नुपर्दछ ।
Previous Articleटिका–विद्या पत्रकारिता पुरस्कार राजभण्डारी र शर्मालाई
Next Article दुई किनारामा राप्रपा