कुनै पनि स्थानमा अनुसान भनेको मुख्य कुरा हो । आर्थिक, सामाजिक, राजनैतिक जुन सुकै स्थानमा पनि अनुसासन भएन भने कुनैपनि चिज बच्दैन । न त इज्जत बच्छ न उसको प्रतिष्ठा? त्यसैले त कुनै पनि स्थानमा अनुसासनलाई मुख्य रुपमा हेर्ने गरिन्छ । जब अनुसासनको कमि हुन्छ त्यो स्थानमा प्रगति प्राय शुन्य नै हुने गरेका धेरै तथ्यहरु रहेका छन् । विश्वका कुनै पनि देशमा भएका परिवर्तन अनि त्यसमा रहेको नेतृत्वले चालेको कदम र उनीहरुले निभाएको भूमिकाको सँधै चर्चा हुने गर्दछ । त्यो हुनुको कारण मध्ये मुख्य भनेको अनुशासन नै हो । यही अनुसासनलाई अहिले प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताका लागि हतियारको रुपमा प्रयोग गर्ने गरी अगाडी आउन थालेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता–कार्यकर्ताहरुलाई पार्टी हित विपरितका गतिविधि नगर्नका लागि सर्कुलर गरेको छ । कांग्रेसको अनुसासन समितिको सोमबार बसेको समितिकिो बैठकले पार्टीहित विपरित काम गरेको र गतिवविधि गरेको पाइएमा कारवाही गर्ने भन्दै सचेत गराउने काम गरेको छ । कांग्रेसले त्यत्तीमा मात्र चित्त बुझाएको छैन । पार्टी कार्यकर्ताले अनुसास बिरुद्धको काम गरेको प्रमाण सहित उजुरी गर्न समेत आह्वान नै गरेको छ । उसले कसैले प्रमाण सहित उजुरी गरेको खण्डमा छानविन गरेर कडा कारवाही गर्ने समेत संकेत गरेको छ । यसले कांग्रेसमा अनुसासन हिन कार्य बढ्दै गएको र त्यसलाई रोक्नका लागि कदम चाल्न थालिएको संकेत भने पक्कै दिएको छ । कांग्रेसले पार्टी सदस्यहरुले पार्टी हित विपरीत काम गरेको पाएमा कारवाही गर्ने तर्फ नै लाग्नुले अब कांग्रेसले नीतिगत सुधार गर्न तर्फ लागेको हो कि भन्ने पनि देखिएको छ ।
सामाजिक सञ्जालको प्रयोग गरेर पनि पार्टीलाई असर पर्ने खालका कुनै पनि गतिविधि गरेमा पनि कारवाही गर्ने जुन कदम कांग्रेसले सोचेको छ त्यो निकै सार्हानिय छ । जब कुनै पनि व्यक्तिहरुले राजनैतिक रुपमा अगाडी बढ्ने र जब आफ्नो र पार्टी तथा संघ संस्थाको हित र उन्नतीका लागि लाग्ने हो भने उसले अनुसासनलाई प्राथमिकता दिनै पर्छ । कांग्रेसले जसरी पार्टी भित्र अनुसासनको डण्डा बर्साउन थाल्ने मार्गमा अगाडी बढ्दै छ त्यो सबैमा लागु हुनै पर्छ । जब सम्म अन्य स्थानमा पनि यस्तो कदम चालेर अगाडी बढीदैन तब सम्म कुनै पनि हालतमा संघसंस्था र व्यक्तीको पनि उन्नती हुने भन्ने प्रसंग नै चल्दैन । त्यसैले कांग्रेसले मात्र होइन सबै पार्टी तथा संघ संस्थाले आफ्ना मातहतमा अनुसासनको डण्डा चलाउनै पर्छ ।