कुनै पनि चिज आफ्नोबाट गुम्न थाल्यो वा अन्य कसैले आफूले चाहेको र सोचेको भन्दा फरक गरिदिए भने मानिस विचलित हुन्छ । अहिले पछिल्लो समयको तथ्यलाई मध्यनजर गर्ने हो भने पनि यस्तै धेरै प्रसंगहरु देखिएका छन् । कुनै पनि मानिसले गरेको सामान्य लाग्ने निर्णयका कारण कयौंको जीवनलिला समाप्त भएका पनि धेरै उदाहरण छन् । केही वर्ष अगाडी हवाइ जहाजका सहायक पाइलटले गरेको गलत निर्णयका कारण उनी त जीवित हुन सकेनन् कयौं मानिसलाई पनि आफू सँगै मृत्युवरण गराए । उनले ककपीटबाट पाइटल बाहिर निस्केको मौकामा भित्रबाट ककपिट बन्द गरेर हवाइजहाजलाई लगेर पहाडमा ठोक्काएर दुर्घटना गराए । त्यस दुर्घटनामा पर्दा हवाइ जहाजमाा सवार कोही पनि बाँचेनन् ।
पछिल्लो समय मानिसमा ‘डिप्रेसन’ सम्बन्धी समस्या निकै देखिन थालेको छ । मानसिक तथा डिप्रेसनको समस्याले गर्दा अहिले विश्वमा मानव सभ्यता नै समस्यामा पर्न थालेको हो कि भन्न पनि थालिएको पनि छ। सामान्य तया बढी मात्रामा सोचविचार गर्ने र आवश्यकता भन्दा धेरै चिन्ता लिँनेहरुलाई हुने स्वास्थ्य समस्यालाई सामान्यतया मानिसले बुझ्ने भाषामा भन्दा डिप्रेसन भन्ने गरिन्छ । उक्त समस्या भएको मानिसले जुन सुकै पनि कदम चान् सक्ने सम्भावना देखिने भएकाले यसबाट जोगिन तर्फ लाग्नै पर्छ । अहिले अध्ययन अध्यापनमा हुने धपेडी अनि समाजिक परिवर्तन र यसमा भएको केही इच्छा आकांक्षाका कारण पनि समाजले क्षति व्यहोर्दै गएको छ । सही समयमाा सहि निर्णय गर्न नसक्दा धेरै ठूला दुर्घटनाहरु हुने गरेका छन् । त्यसलाई मानसिक समस्या भन्दा पनि फरक पर्दैन । गत महिना मन्त्री रविन्द्र अधिकारी सहितको हेलिकोप्टरका पाइलटले सहि समयमा सहि निर्णय गर्न नसक्दा देशका हाइप्रोफाइल व्यक्तित्वहरु गुमााउनु प¥यो । सही समयमा सही निर्णय गर्न नसक्दा पाइलट आफै पनि बच्न सकेनन अरुलाई पनि बचाउन सकेनन् ।
अबको समय प्रविधिको समय हो । अहिले वयस्क रहेको पुस्ताले अध्ययनका समयमा गरेका मेहनतको प्रतिफल अहिले भोगी रहेका छन् भने अहिले विद्यालय स्तरमा अययनरत र अहिले क्याम्पस स्तरमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो बाल्य अवस्थामा पढ्दै गर्दा धेरै सहजता सहित अध्ययनलाई अगाडी बढाउन पाए । त्यसैको प्रतिफल अहिले निश्चित केही समस्याहरु सृजना हुँदै आएका छन् । पछिल्लो समय १५–३० वर्ष उमेर समूहका युवाहरुमा डिप्रेसनको समस्या बढ्दो छ । किन यसरी तिब्र दरमा डिप्रेसनको समस्या युवामा देखिन थाल्यो भन्ने विषयमा गम्भीर तरीकाले सोचेर अगाडी बढीएन भने पक्कै पनि भोलीका दिनमा समस्या हुन्ने देखिन्छ । राज्यले उच्च प्राथमिकता राखेरै डिप्रेसन जस्ता समस्या किन भै रहेको छ र यसको रोकथामको उपाय के हो र के हुन सक्ला भन्ने विषयमा बेलैमा सोचेर त्यस तर्फ नलागेको खण्डमा भोलीको दिनमा यसले निकै बिकराल समस्या निम्तने खतरा छ ।