मानिस युवा अवस्थामा कुनै पनि हालतमा प्रेममा परेको हुन्छ र एक पटक साहित्यकार पनि बन्छ नै । किन भने जब मानिसले कसैलाई प्रेम गर्छ वा मनपराउने काम गर्दछ तब उसमा विभिन्न साहित्य फुर्ने पक्का पनि हुन्छ । यो संसार नै मायाँमा अडेको छ । मायाँको सरल विष्लेष्ण अनि परिभाषा त कसैले पनि पुराका पुरा गर्न सक्दैन तर पनि यसको सबैले आ–आफ्नै तरिकाले ब्याख्या भने गर्ने गरेका छन् । प्रेमको ब्याख्या गर्दै जाँदा जीवनको धागो जोड्नका लागि प्रयास गर्दागर्दै असफल हुने र सफल हुनेको पनि आ–आफ्नै दावी होलान् तर प्रेमको प्रतिक कसलाई मान्ने भन्ने विवाद भने सदावहार छँदै छ । आधुनिक विश्वका युवाहरुले सन्त भ्यालेन्टाइनलाई प्रेमको प्रतिक मान्नेहरुको जमातलाई चनौती दिने अर्का पनि छन् । अहिलेको समयमा प्रेम गर्नका लागि धेरै माध्यमहरु छन् मोबाइल तथा सामाजिक सञ्जाल अनि इमेलका माध्यमबाट पनि प्रेमप्रस्तुत गर्ने र स्वीकार गर्ने पनि गरिन्छ तर त्यसका पनि धेरै आयामहरु रहेका छन् ।
अहिले हिन्दू धर्मावलम्बीहरुले स्वस्थानी ब्रत गरी रहेका छन् । एक महिना सम्म चल्ने यस व्रतमा बाचन गरीने कथामा धेरै प्रसंगहरु उल्लेख गरेको पाइएको छ । त्यस मध्ये पनि प्रेमको प्रसंग पनि दमदार नै छ। महादेव र शतिदेवीको प्रेम र समर्पण होस या दक्षप्रजापतिले गरेको प्रेमको अपमान कुनै पनि प्रसंग कमजोर छैन यहाँ । तर पश्चिमी सभ्यताका आयातित ’डे’ का रुपमा आजको भ्यालेन्टाईन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरुलाई दिन विशेषसँग किन समस्या पर्ला र ? आफ्नो बाबुले श्रीमानको अपमान गरेको ठानेर अग्नीकुण्डमा हामफालेर आत्महत्या गरेकी सतीदेवीलाई बोकेर संसार परिक्रमा गर्ने महादेव के प्रेमको कमजोर प्रायः हुन् र ? आफ्नो श्रीमान प्रतिको समर्पणभाव अर्थात् पतिब्रता धर्म नष्ट हुन नदिने नारीहरुको मायाँ पनि त कमजोर होइन होला नि ?
लुकीचोरी गरिएको मायाँ र यसको परिणाम के होला त्यो अहिलेको युवा पुस्ताले तत्काल सोच्दैनन् । प्रेम गर्ने र संगै ज्यूने मर्ने भनेर बाचा कसम खाएका धेरै उदाहरण छन् तर ती कसमहरु पुरा गर्न नसकेका कारणले गर्दा पछि भएको पिडाको पनि त कुनै मुल्य हुदैन । पहिले आदर्शका लागि प्रेम गर्ने र पछि त्यही आदर्शले जीवन वर्वाद गरेका पनि धेरै उदाहरणहरु छन् । तर हामीले कुने पनि हालतमा प्रेमको सम्मान गर्नका लागि कुनै निश्चित दिन तोक्नु भन्दा पनि सबैका लागि सहज अनि राम्रो कुरालाई नै याद गरेर अगाडी बढ्नु नै उचित होला । जे होस प्रेमको सम्मान गरौं त्यसैलाई कारक बनाउँदै हाम्रो महत्वपूर्ण जीवन वर्वाद नगरौं प्रणय दिवसको शुभकामना ।
Previous Articleबाहुन र नेवारले एकै मण्डपमा दलित दिदीबहिनी विहे गरे…
Next Article प्रथम सहिद लखन थापा मगरको स्मृतिमा रक्तदान