हाम्रो समाज आफूले गरेका सबै ठिक र अरुले गरेका सबै काम गलत नै हुन् भन्ने तर्फ तर्क गर्न रुचाउँछ । हामी आफूले गरेको कामका बारेमा समिक्षा गर्न तर्फ कदापी लाग्दैनौं । समिक्षा अरुको मात्र गर्ने हाम्रो सामाजिक दायित्व र हामीहरुको मूल्य मान्यता हो कि जस्तो व्यवहार गर्ने हाम्रो जुन समाज छ यसले भविष्य कता तर्फ लैजाला भन्ने पनि छ । कुनै पनि काम गर्ने समयमा पहिला हामीले त्यसलाई कसरी गर्ने भनेर योजना बनाउने गरेको भएपनि काम सकिए पछि भने त्यसबारेमा समिक्षा गर्न तर्फ भने सकेसम्म लाग्दैनौं हामी । त्यसैले त हामीले चाहेको नतिजा र प्राप्त नतिजामा निकै अन्तर हुन्छ । कुनै पनि काम गर्ने क्रममा हुने दैनिक समिक्षाले नै त्यसलाई निचोडमा पु¥याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने हो ।
हालै सकिएका केही खेलकुद प्रतियोगिता र त्यसमा भएको सहभागिताले पनि त्यसलाई मलजल पक्कै गरेको छ । नेपाली राष्ट्रिय टोलीले खेलेका एक दिवसीय र २०–ट्वान्टी सिरिजमा भएको पहिलो खेलको पराजय पछिको समिक्षाले गर्दा नै दोश्रो र तेश्रो खेलमा नेपालले जित दर्ता गराएको हो । यदी टिम नेपालले आफ्नो प्रदर्शनको समिक्षा नगरेको भए खेलमा सुधार आएर सिरिज जित्ने सम्भावना कम हुन्थ्यो । कुनै पनि काम गर्नु पूर्व बनाइने योजना र प्रत्येक दिन त्यसका विषयमा हुने समिक्षाले पनि कामलाई व्यवस्थीत र परिणाममुखी बनाउन मद्धत गर्दछ । कुनै पनि काम विना योजना र बिना समिक्षा त्यसको बारेमा कसैले पनि भन्न सक्दैन ।
म्याग्दी जिल्लामा पनि धेरै खेलकुद प्रतियोगिताहरु हुने गर्दछन् तर त्यस्ता प्रतियोगिताहरु सम्पन्न भए पश्चात त्यसको समिक्षा हुन्छन् वा हुँदैनन् त्यो आयोजकलाई नै थाहा होला । तर पनि आम शुभचिन्तकहरुले भने पक्कै पनि सोचेका हुन पर्छ कि प्रतियोगिता के कस्तो भयो भन्ने कुरा । तर पनि यहाँ अहिले भएका कुनै पनि कार्यक्रमको समिक्षा अनि त्यस पछिको निचोड र प्रगतिका बारेमा कहि कतै नआँउदा त्यस्ता कार्यक्रमहरु कतै औपचारीकताका लागि मात्र भएका त छैनन? भन्ने शंका पनि उब्जाउनु स्वभाविक हो । भर्खरै बेनी नगरपालिकाको आयोजनामा सकिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड–२०७५ मा पनि धेरै विवाद अनि नियत बदनियत देखिएको कुरा सतहमै आएको थियो । उक्त प्रतियोगितामा के कारणले गर्दा यस्तो भएको रहेछ भन्ने कुरा थाहा पाउनका लागि समिक्षा भयो भएन त्यो आयोजकलाई नै थाहा होला तर आम सर्वसाधारणले थाहा पाउने केही सूचना बाहिर आउला त?
Previous Articleप्रगतिशिल लेखक संघमा राजु के सी
Next Article आइएमई लाइफ ईन्स्योरेन्सको अभिकर्तालाई अभिमुखीकरण