नेपाली समाजमा केही पहिला सम्मको अवस्था हेर्ने हो भने पनि देखिन्छ कि कुनै पनि मानिसहरुलाई कुष्टरोग लागेको खण्डमा पूर्व जन्मको पाप वा देवि देवताको श्रापले गर्दा भएको भन्ने चलन थियो । तर पछिल्लो समयमा आएर समाजमा परिवर्तन आएको छ । तर पनि पुरै परिवर्तन भने अझै पनि आइ सकेको छैन । कुष्टरोग देखा परेमा कुनै पनि हालतमा समाजले नहेर्ने र उसलाई गाउँघरमा अलिक पर लगेर राख्ने चलन थियो । त्यसले गर्दा रोगीलाई झन समस्या थपिन सक्थ्यो । अहिले सर्ने र नसर्ने खालका कुष्टरोग पहिचान भै सकेको अवस्थामा यो नियमित औषधि सेवन गरेको खण्डमा निको हुने त छँदै छ प्रत्यक्ष निगरानीमा उपचार भएको खण्डमा पुरै निको हुने भएकाले यो कुनै पनि पाप वा श्राप नभै शुच्छम किटाँडुबाट लाग्ने रोग मात्र हो ।
विश्वभर अहिले डिसेम्बर ३० को नजिकको आइतबार विश्व कुष्ठरोग दिवस मनाउने चलन छ । यस रोगलाई अपाङ्गता सँग जोडेर हेर्ने पनि गरिन्छ । बिश्व स्वास्थ संगठनका अनुसार अपांगता दिर्घसमयसम्म रोगको सही पहिचान हुन नसक्दा पनि हुने गर्दछ । रोगको समयमै पहिचान अनि उपचार गर्ने हो भने अपाङ्गता नहुने भए पनि यसको पहिचानमा ढिलाइ भएको खण्डमा शरीरको अंग नै गुमाउनु पर्ने अपस्था सम्म बनाउँछ कुष्ठ रोगले । यसका कारण धेरै बालबालिका र बयस्क पनि अपाङ्ग बनेको पनि धेरै उदाहरण हाम्रो समाजमै पनि छ । त्यसैले हामीले दिवस मनाउने मात्र भन्दा पनि यस रोगको निदानका लागि नै सोच्ने पो हो कि ?
मानव समाजको विकास भए सँगै विभिन्न रोगको पनि बिकास भएका पाइन्छ । तर पनि मानव समाज र मानव दिमागको कारणले गर्दा नै त्यस्ता प्रकारका रोगहरुसँग लड्ने क्षमताको विकास भएको पनि हो । नेपाली समाजमा पनि धेरै समय देखि यो रोगको समस्या देखिदै आएका छन् । मानव समाजको पछिल्लो अध्याय हेर्ने हो भने पनि झण्डै तीन हजार वर्ष अगाडी मानव शरीरमा कुष्ठरोग पाइएको इतीहासमा पाइन्छ । त्यही बेला देखि नै देवी देवताको श्राप वा पूर्वजन्मको पाप भन्ने गरिन्थ्यो । सन १८७३ मा नर्वेका बैज्ञानिकले यो रोग पत्ता लगाएका थिए । विश्वमा कुष्ठरोग लागेको जनसंख्याको ६० प्रतिशत भारतमा मात्रै छ । तर पनि यसलाई देवीदेवताको श्राप भन्ने गरिन्थ्यो । त्यसैले त नेपाली समाजमा चेतना फैलाउनका लागि सुन सुन दिदी बहिनी सुन दाजु भाइ, देउता लाग्या नठान है कुष्टरोगलाई भन्ने किसिमका प्रचार गरिन्थ्यो । त्यसैले कुष्ठ रोग देउता लाग्या नभएर रोगै लाग्यो हो र यसको उपचार गरे निको हुन्छ । सबैले यसको बारेमा सोचौं र रोग लुकाउने होइन उपचार तिर लागौं ।
Previous Articleरुप्से दैनिक ! १३ माघ, २०७५
Next Article भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’