बेनी नगरपालिका-5 डडुवाको ज्योती युवा क्लवको भेलाले दिनेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको उपाध्यक्षमा मनिष केसी, सचिवमा अशोक भण्डारी, कोषाध्यक्षमा सुजता खत्री र सहसचिवमा उदय सुन्दास चयन भएका छन् ।
क्लबको सदस्यहरुमा रक्षा थापा, पारस भण्डारी, अप्सन गोतामे, डेकबहादुर पाइजा चन्द्र बानिया, धनबहादुर पाइजा, जिनबहादुर पाइजा र अर्जुन नेपाली रहेका छन् । भलाले प्रदिप पाइजा, भद्रबहादुर पाइजा, नरबहादुर खत्री, तोकबहादुर कार्की र सुवास कार्कीलाइ सल्लाहकारमा चयन गरेको छ ।