सरकारले पुस २७ गते राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउने जनाएको छ । सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदा नदिइने प्रष्ट पारेको छ । राप्रपा लगायतका विदा माग गर्दै आएका छन् । दिवस मनाउनका लागि बिदा भन्दा पनि सच्चा मन चाहिने यथार्थ हो ।
तर, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारे । उनले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’
यद्यपि इतिहासको सच्चाइलाई बेवास्ता नगर्ने उनले बताए ।