जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओलीसँग जन्मदिन मनाएका छन् । बालुवाटारमा प्रधानमन्त्री ओली र जापानका विदेशमन्त्री कोनोबीच जन्मदिनको शुभकामन आदान प्रदान पनि भयो ।
आज कोनोको जन्मदिन हो । बालुवाटार पुगेका कोनोलाई शुभकामना दिन प्रधामन्त्री ओली पुष्पगुच्छा सहित तयार थिए । जब कोनो त्यहाँ पुगे ओलीले उनलाई फूलको बुके दिए र ‘बर्थडे विस’ गरे ।
प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना सहित विदेशमन्त्री कोनोलाई पुष्प गुच्छा प्रदान गरेको फोटो प्रधानमन्त्रीको निजी सचिवालयले उपलब्ध गराएको छ ।
प्रधानमन्त्री ओलीसंग वालुवाटारमा शिष्टाचार भेट पछि जापानका विदेशमन्त्री कानोले मायाको चिनो दिएका थिए । उनले के दिए भन्ने जानकारी भने दिइएन । कोनो ५६ बर्षअघि (सन् १९६३) मा आजकै दिन (जनवरी १०) मा जन्मेका थिए ।