नेपाल टेलिकमको महाप्रबन्धकमा तीन जनाको नाम सिफारिस भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा बनेको समितिले महाप्रबन्धकका लागि बुद्धिप्रसाद आचार्य, संगीता पहाडी अर्याल र डिल्लीराम अधिकारीको नाम सिफारीस गरेको हो ।
बुद्धिप्रसाद आचार्य टेलिकमका महाप्रबन्धक हुन् भने अर्याल र अधिकारी हाल टेलिकममा नै कार्यरत छन् । साउन २९ गते मन्त्रिपरिषदको निर्णयले कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेपछि टेलिकम महाप्रबन्धकविहीन भएको थियो ।
रिक्त पदपूर्तिका लागि मंसिर २९ गते मन्त्रालयले निवेदन माग गरेको थियो । निवेदन हालेका ११ जना मध्यबाट समितिले तीन जनाको नाम सिफारिस गरेको हो । समितिले सिफारिस गरेको मध्यबाट एक जनालाई मन्त्रिपरिषदले टेलिकमको महाप्रबन्धक नियुक्त गर्ने छ । महाप्रबन्धकका पद पाँच महिनादेखि खाली छ ।