मंगलबार संसदीय समितिबाट अनुमोदन भएपछि बुधबार पदतथा गोपनियताको सपथ लिए सँगै चोलेन्द्रशम्सेर जंगबहादुर राणा नेपालको न्यायालयको सर्वोच्च संस्था सर्वोच्च अदालतको मुख्य न्यायाधिश अर्थात् प्रधानन्यायाधिश भएका छन् । उनी प्रधानन्यायाधिश भए सँगै अब उनले उमेरको हद अथवा निजी वा कसैको स्वार्थका लागि काम नगरेको खण्डमा सर्वोच्च अदालतमा अबको चार वर्ष रहनेछन् । नेपाली न्यायालयको इतिहासमा न्यायमुर्तिहरुले केही तलमाथि गरेको र विवादीत निर्णय गरेको भन्ने आरोपहरु नआएका पनि होइनन् तर पनि त्यसलाई सके सम्म ढाकछोप पार्ने प्रयास पनि जारी नै रहेका थिए तर अहिले संसदीय सुनुवाईमा दिपकराज जोशी सर्वोच्चको प्रधानन्यायाधिश हुन अयोग्य भनेर अस्वीकृत भएका थिए । त्यस पछि ओमप्रकाश मिश्र प्रधानन्यायाधिश भ एभने अहिले आएर चोलेन्द्रशम्सेर प्रधानन्यायाधिश चयन भएका छन् ।
सम्मानित अदालतको आदेशकै कारणले गर्दा राज्यको सम्पत्ती कति ठाउँमा दोहन भभएको र राज्यको धेरै धनराशी विदेश पलायन भएको अवस्था पनि छ । त्यसैले यस्तो अवस्थाको अन्त्यका लागि पनि अब चोलेन्द्रको नेतृत्वले काम गर्नु पर्ने आवश्यकता छ । जब सम्म देश र जनताको पक्षमा निर्णय आउँदैनन तब कहि कतैको पनि राम्रो होला भनेर कल्पना कसरी गर्न सकिन्छ र ? विगतमा चोलेन्द्रलाई सर्वोच्चको न्यायाधिश बनाउने प्रसंगमा पनि संसदीय सुनुवाईमा विवाद भएको थियो । तत्कालिन एमालेले विरोध गरेको थियो र त्यस बेलाका अन्य दलहरुले उनलाई बहुमतको आधारमा सर्वोच्चको न्यायाधिशमा अनुमोदन गरेका थिए । अहिले चोलेन्द्र प्रधानन्यायाधिश हुँदै गर्दा यस भन्दा पहिला अस्वीकृत रहेका दिपकराज जोशी पनि सर्वोच्चमै रहेको अवस्थामा उनलाई पेसी तोकिन्छ कि तोकिदैन भन्ने सवाल निकै तातो वहसको रुपमा रहेको छ। त्यती मात्रै होइन सर्वोच्चको प्रधानन्यायाधिश हुन नसक्ने व्यक्ती न्यायाधिश बनेर त्यही बसी रहन चाहि योग्य हुने भन्ने सवाल त पक्कै पनि हुदैन होला । अब सर्वोच्चबाट जोशीको विदाई पनि अत्यावश्यक छ ।
नेपालमा न्यायालयको गरिमा जोगाइ राख्ने र त्यसको गरीमालाई अझै उच्च बनाउनका लागि पनि अहिलेका प्रधानन्यायाधिशले लाग्नै पर्छ । जब सम्म देश र जनताले न्यायालयमा न्याय किन बेच हुन्छ भन्ने दिमागमा पारेर राख्छन् तब सम्म कुनै पनि चिज सहि छ भन्ने लाग्दैन कसैलाई पनि । त्यसैले हाम्रो देशको न्यायालयलाई स्वच्छ र निश्पक्ष छ भन्ने देखाउनका लागि चोलेन्द्रले कति सम्म पापड बेल्न सक्छन् त्यो त भविष्यले नै बताउला । तर अहिले भर्खरी उनका लागि देखिएको समस्या भनेको दिपकराज जोशीको विदाई अनि एनसेलको लाभकरको सन्दर्भमा सर्वोच्च बाट भएको गलत फैसलाको कार्यान्वयन वा पुनःर्विचार ।