टेनिसको इतिहासमा पहिलो पटक दुई महिला र पुरुष एकको स्पर्धामा रोजर फेडररले बाजी मारेका छन् । अष्ट्रेलियाको पर्थमा भएको ऐतिहासिक खेलमा फेडररले सेरेना विलियम्सलाई दुई–एकको सेटमा हराए ।
महिला र पुरुष टेनिसमा सर्वाधिक धेरै ग्राण्डस्लाम जितेकी सेरेना र फेडररको त्यो खेल हेर्न कोर्टमा १४ हजार समर्थक पुगेका थिए । होपमन कप अन्तर्गत भएको खेलमा साविक विजेता फेडररले सेरेनालाई प्रतिस्पर्धात्मक सेटमा हराए ।
‘ब्याटल अफ सेक्सेस’ स्लोगन दिइएको त्यो खेल सन् १९७३ पछि आयोजना भएको थियो । दुई खेलाडीले जितेका ग्राण्डस्लाम जोड्ने हो भने कुल ४३ वटा उपाधि रहेका छन ।