डिसेम्बर २५ अर्थात् आज मंगलवार क्रिसमस मनाउने चलन छ । आजको दिन केक खाएर मानिसहरू खुशी बाँड्छन् ।
ईश्वरका छोरा जिसस क्राइस्टको जन्मदिन आज परेको छ । शान्ति र प्रेमका मसिहा जिससको जन्म तारिखको कुनै प्रामाणिक स्रोत त पाइँदैन । बाइबलमा पनि उनको जन्मदिनको उल्लेख भेटिँदैन ।
इतिहासका पृष्ठमा उल्लेख भएअनुसार ७ देखि २ ईसापूर्वमा उनको जन्म भएको हो । रोमन सम्राट् कन्सटेन्टाइनको शासनकालमा यो तारिखलाई मान्यता प्राप्त भयो र त्यही समयदेखि डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाउन थालियो ।
सेक्सतुस जुलियस अफ्रिाकानुसले सन् २२१ मा ईसाई इतिहासमा यो तारिखको उल्लेख गरेका हुन् । यसअघि क्रिसमस मनाउने निश्चित तिथि थिएन ।
एजेन्सी