नेपालको राजनैतिक इतिहासमा निकै शक्तिशाली पार्टी र सरकार दुवैको अध्यक्ष केपी शर्मा ओली । यही शक्तिशाली पार्टीको सरकारको नेतृत्व गरी रहेका छन् उनै अध्यक्ष केपी ओलीले भने पार्टी नेतृत्वमा भने दुई जना अध्यक्ष रहेका छन् पुष्पकमल दाहल प्रचण्ड र ओली । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को शनिबार देखि आयोजित स्थायी कमिटि बैठकमा अध्यक्षले एउटा प्रतिवेदन पेश गरे भने अर्को प्रतिवेदन नेता बामदेव गौतमले पेश गरे । अध्यक्षको प्रतिवेदनमा सरकार सञ्चालन ९ महिनाको प्रगति र पार्टी एकता र यसले लिएको गतिलाई नै मूलभुत रुपमा ब्याख्या गरीएको थियो भने बामदेवको प्रतिवेदनमा अध्यक्ष ओली प्रति आक्रोश पोखीएको थियो । आक्रोस पनि कति सम्म थियो भने पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री वा अध्यक्ष एक लिनु पर्ने भन्ने जोडदार माग नै थियो ।
सत्ताधारी नेकपाका नेता तथा कार्यकर्ता नै सरकारको बिरुद्धमा लागेको र एकतालाई खल्बल्याउने प्रयास गरेको भान त पहिल्यै पनि आएकै हो तर स्थायी कमिटीमा पेश गरेको प्रतिवेदनले त्यसलाई उदाङ्गो पार्ने काम भने गरेकै हो । दुई जना व्यक्ति पार्टी अध्यक्ष भएर पार्टी सञ्चालन गरेको यो फरक र यथार्थ प्रसंग हो । यसलाई साहेद गलत ठानियो होला तर यो गलत नै भएको भएपनि सहि कामकालागि गरिएको गलत हो भनेर बुझ्दा हुन्छ भन्ने एक तह भए पनि समग्रतामा यसले कसलाइ असर गरेको छ भन्ने सवाल मुख्य हो । वर्तमान नेतृत्वलाई हेर्ने हो भने नेतृत्वले गरेका काम र नेतृत्वले लिएका निर्णयको बचाउमा लाग्दै नेतृत्वले ल्याएका योजनालाई कार्यान्वनयमा लाग्नुको सट्टा नेतृत्वलाई सत्तोसराप गरेर कस्तो प्रकारको राजनैतिक संस्कार भिœयाउन खोज्दै छन् नेपालका राजनैतिक पार्टी भन्ने पनि जनताले प्रश्न उठाउन सक्छन् ।
अब देशले चाहेको के भन्ने सवालमा सबै केन्द्रीत हुन आवश्यक छ । देशले अहिले पूर्ण बहुमतको सरकार पाएको छ । यही मौकामा देशलाई विकास र उन्नतीको मार्गमा अगाडी बढाउन सकेको खण्डमा हामी पछिका सन्ततीले सम्झने र राजनीतिक नेतृत्व प्रति सम्मान गर्ने दिन आउने छ । त्यसका लागि कुन मुल्य चुकाउने त्यसका लागि सोचेर अगाडी बढ्नु पर्छ । जब सम्म देश र जनताको चाहना अनि पछिका सन्तानको लागि हामी सोचेर काम गर्न सक्दैनौं तब सम्म कसैले पनि हामीले गरेको कामको बारेमा बोल्ने छैन । त्यसैले बरु पार्टी अध्यक्ष दुई वटा त रहेको वर्तमान अवस्था छ पार्टी सँगै प्रधानमन्त्री पनि दुई बनाउने कि? हुन त संविधानमा एक प्रधानमन्त्रीको व्यवस्था छ त्यसैले दुई त सम्भव छैन । भूमिकाका हिसाबले सबै प्रधानमन्त्री जस्तै बनेर सकारात्मक काम गर्न त पक्कै सकिन्छ नि । देशका लागि आफ्नो क्षमताको प्रयोग गरेर देशलाई अगाडी बढाउन प्रयास गरौं ।