घर भित्र रहँदा होस वा बाहिर रहदाको समयमा चर्को आवाज सहित आकासमा उड्ने जहाज हेर्नका लागि दौडधुप गर्ने हामीहरु अहिले त्यही जहासमा चडेर धेरै पैसा कमाउने सोँचका साथ विदेशीने गरेका छौं । श्रम गर्नकालागि योग्य भएका धेरै नेपालीहरु युरोप, अमेरिका तथा अष्ट्रेलिया, क्यानडा लगायतका मुलुक साथै खाडी मुलुक र मलेसियामा पनि पुगेका छन् । नेपाली युवा शक्तिहरु विदेशमा पुगेर आफ्नो श्रम बेचेर नेपालमा भएका परिवार पाल्ने र आफ्ना बालबच्चालाई राम्रो सँग पढाएर उच्च शिक्षा दिलाउने योजना बुनेका हुन्छन् । यस्तो अवस्थामा नेपाल र नेपालीका लागि के कस्तो अवस्था सृजना भएको छ र भोलीको भविष्य के हुने भन्ने सवाल भने सबैले सोच्नै पर्छ ।
विश्वमा हवाइजहाजको सुरुआत भएको एक सताब्दी बितिसकेको छ । पहिलो पटक अमेरिकन राइट दाजुभाईले सन १९०३ मा पहिलो पटक हवाइजहाजको सफल आविस्कार गरेका थिए । १७ डिसेम्बर १९०३ मा हवाइजहाजको सफल आविस्कार गरे सँगै विश्वमा हवाइजहाजको विकास र विस्तार हुँदै गयो भने हवाइजहाजहरु बन्दै गए र अहिले हवाय यातायात विना दैनिकी नै असम्भव छ कि जस्तो देखिन थालेको छ । हामी माथिको आकासमा ठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरु आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरीक उड्ययन भनिन्छ र हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरीक उड्ययन दिवस मनाईन्छ । संसारभरका नागरीक उड्ययन विभागहरुले एकै स्वरमा नागरीक उड्ययन सुरक्षा र ब्यवस्थापनकालागि आवाजहरु उठाउने गर्दछन् डिसेम्बर ७ अर्थात् आजकै दिनमा ।
विश्वमा हवाइ यातायातका अन्तराष्ट्रिय नागरीक उड्ययन सन् १९४४ मा स्थापना भएको थियो । सन १९९४ मा अन्तराष्ट्रिय नागरीक उड्ययन संस्था(आइकाओ)को ५० औं वार्षिकोत्सव मनाउन यस दिवस मनाउन शुरु गरिएको हो । पछी संयूक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तराष्ट्रिय नागरीक उड्ययन दिवसकारुपमा मान्यता दिएको छ । नेपालमा भने सन् १९५७ मा नागरीक उड्ययन प्राधिकरणको स्थापना भएको हो । उड्ययनको सुरक्षा, गुणस्तरिय सेवाको व्यवस्था लगायत व्यवस्थित गर्नका लागि अन्तर्राष्ट्रिय मापदण्डको हवाईक्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मूख्य उद्देश्य हो । वास्तवमा भन्ने हो भने हवाई उड्ययनले संसारलाई एकसुत्रमा वाँधिदिएको छ । अब हवाइ यातायातका कारण विश्व टाढा छैन । त्यसैले पनि यसलाई निकै उत्कृष्ट माध्यम पनि मानिएको छ । हुन त विश्वमा धेरै कहालीलाग्दा हवाइ दुर्घटनाहरु पनि भएका छन् । सन २०१४ मा मलेसियाबाट चीनका लागि उडेको विमान अझै पनि गन्तव्यमा पुगेको छैन । सबैले कामना गरौं हवाइ यातायात अनि उड्यन क्षत्र सुरक्षित र व्यवस्थीत होस शुभकामना ।