कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेका बेला प्रहरीले एक संकास्पद युवकलाई पक्राउ गरेको छ । हरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले कञ्चनपुरका २२ वर्षीया युवकलाई काठमाण्डुबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतकाअनुसार निर्मलाको हत्या भएपछि ति युवक गाउँबाट भारततर्फ भागेका थिए । परिवारका सदस्यहरुले पनि युवक भारत गएको बताएका थिए ।
लागू औषध दुव्र्यसनीमा फसेका ति युवकमाथि प्रहरीले विशेष निगरानी राखेको थियो । उनलाई खोज्नका लागि नेपाल प्रहरीको सादा पोसाकको प्रहरी भारत पनि गएको थियो ।
उनको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । युवकको नाम प्रहरीले गोप्य राखेको छ ।