आज डिसेम्बर २५ अर्थात लैङ्गीक हिंसा बिरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्नका लागि विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गर्दै महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि पहलकदमी थाल्ने दिन । विश्वभर आजकै दिनबाट १६ दिन सम्म महिला विरुद्ध हुने हिंसाको बिरुद्धमा ऐक्यवद्धता जनाउँदै विभिन्न कार्यक्रमका साथ अगाडी बढ्ने दिन हो । विश्वको सन्दर्भमा हेर्ने हो भने प्रत्येक तीन जना महिला मध्ये एक जनाले जीवनमा हिंसाको सिकार भएको तथ्याङ्कले देखाउँछ । विश्वमा महिला जनसंख्याको ३५ प्रतिशत महिलाले शारिरीक तथा यौनजन्य हिंसाको शिकार भएकै हुने तथ्य अर्को एक अध्ययनले देखाउँछ । यसले के कुरालाई प्रष्ट्याउँछ भने कुनै पनि अवस्थामा महिलाहरु हिंसाको सिकार भएका छन् भन्ने प्रष्ट छ ।
नोभेम्बर २५ देखि शुरु भएर डिसेम्बर १० सम्म सञ्चालन हुने यस अभियानका क्रममा के कस्तो हुन्छ भन्ने थाहा पाउन आवश्यक छ। हिंसा जानेर वा अन्जानवस पनि हुने गर्दछन् । पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने गर्दा महिलाहरुले हिंसा भै रहेको महसुष गरी रहेका हुन्छन् । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू पनि यौनजन्य हिंसाभित्रै पर्दछ । चिनेका वा नचिनेका केटी जिस्क्याउनुलाई समाजमा पुरूषार्थसँग जोडेर जिस्क्याउने उस्तादहरुदेखि बाटोमा साईकल या मोटरसाइकल कुदाउँदा छेउमा महिला देखेर हर्न बजाउने अनि घुरेर हेर्ने अनेक क्रियाकलाप अथवा बानी तपाईहामी धेरैमा हुनसक्छ । त्यस्तो क्रियाकलाप पनि महिला हिंसाकै एउटा गतिलो उदाहरण हो ।
कुनै पनि महिला पुरुष प्रति आकर्षित हुने र पुरुष महिला प्रति आकर्षित हुने प्राकृतिक नियम हो र स्वभाविक हो यो । तर कसैलाई पनि जबरजस्ती वा विना अनुमती जिस्काउने तथा शरिर छुन खोज्ने क्रियाकलपा गर्नु भने पटक्कै हुँदैन । हाम्रो समाजमा मन भन्दा पनि शरिरलाई जित्ने तर्फ नै बढि ध्यान केन्द्रीत भएको हो कि जस्तो पनि देखिन्छ त्यो गर्नु भनेको मन्द विष सेवन गर्नु जस्तै हो । त्यही कारणले गर्दा महिला डिप्रेसनमा पर्दै जाँदा पछि आत्महत्या अनि अन्य गलत कदम चाल्ने अवस्था पनि धेरै रहन्छ । त्यसैले यी र यस्तै समस्यालाई रोक्नका लागि संयुक्त राष्ट्र संघको सन १९९९ को महासभाले २५ नोभेम्बरलाई महिला हिंसा बिरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । शुरुमा मुखमा परेको दुधको धर्सो देखि लिटोको रूपमा परेको प्रथम गाँस, खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन । विडम्वनाको कुरा के छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भईरहेका छन् । आज यहि प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो । महिला हिंसा बिरुद्धको दिवसको शुभकामना ।