नेपाल कम्युनिस्ट पार्टीद्वारा आज काठमाडौँमा आयोजित जनसभाको मुख्य वक्ता सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले संवाेधन गर्ने भएका छन् ।
सो सभालाई नेकपा मालेका महासचवि सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, माअाेवादी केन्द्रका अध्यक्ष गोपाल किराँती ‘साइँला’ लगायत नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
सो सभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले गर्नेछन् । कार्यक्रम सञ्चालन पार्टी पोलिटब्युरो सदस्य उमा भुजेलले गर्नेछिन् भने स्वागत मन्तव्य नेता पदम राईले गर्ने भएका छन् ।
कालीमाटीबाट सुरू हुने विभिन्न जनजाति, संस्कृतिसहितकाे जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू जीवन्त र गम्भीरले तथा बबरमहलबाट निस्कने जुलुसको नेतृत्व पदम राईले गर्नेछन् । त्यस्तै लैनचौरबाट निस्कने जुलुसको नेतत्व नेतृ भुजेलले गर्नेछिन् ।
पूर्वीकमान्डका अन्य केन्द्रीय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रीय नेताहरु कालीमाटी पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने नेकपा स्रोतले जनाएको छ ।