नेपालमा १० वर्ष सम्म चलेको सशस्त्र द्वन्द्वलाई शान्ति प्रकृयामा ल्याएर तत्कालिन शसस्त्र युद्धरत माओवादीलाई मुलधारको राजनीतिमा ल्याउनका लागि प्रयास गरीएको र कार्यान्वयनका लागि पहिलो कदम चालिएको दिन हो मंसीर ५ गते । २०६३ साल मंसिर ५ गते तत्कालिन सरकार र युद्धरत माओवादी बीच १२ बुँदे सहमती भएको थियो । सहमतीको १२ वर्ष वितिसकेको छ तरपनि शान्तिको आभास सम्म गर्न नपाइएको हो कि भन्ने आभास पनि नभएको भने पक्कै होइन । शान्ति प्रकृयाको पहिलो विन्दु सम्झौतामा हस्ताक्षर गर्ने तत्कानि प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला त हाम्रो माझमा भौतिक रुपमा छैनन तर पनि अहिले त्यसबेलाका लिडरहरु र जुन उद्देश्य र लक्ष्य बोकेर अगाडी बढेका थिए उनीहरु भने सबै छन् ।
नेपालमा वि.सं. २०५१ फागुन २ गते देखि शुरु भएको माओवादी द्वारा घोषित ‘जनयुद्ध’का क्रममा १७ हजार भन्दा धेरै नेपाली नागरिकले आफ्नो ज्यान अकालमा गुमाए । त्यस्तै प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाखौं पिडीत बने । कयौं व्यक्ति अझै पनि बेपत्ताको सूचिमा छन् भने कतिपयको अङ्गभङ्ग भएको छ। राज्य र तत्कालिन युद्धरत पक्षबबाट परिवारका सदस्य गुमााएकाहरुको आँखाको आसु अझै पनि रोकिन सकेको छैन । अपहरणमा परेका व्यक्तिलाई अझै पनि आउने बाटोे हेरेर बस्ने परिवारहरु पनि निकै छन् । तर उनीहरु अहिले फर्केर आउलान नआउलान् कसैले भन्न सक्ने अवस्था भने छैन । १० वर्ष सम्म नेपालमा चलेको युद्ध अनि त्यस पछि शान्ति प्रकृयामा आएको र शान्ति सम्झौता गरेको पनि अहिले १२ वर्ष विति सक्यो तर आजका दिन सम्म पनि जनताले त्यसको महशुष गर्न सकेका छैनन् ।
नेपालीमा उखान छ ‘१२ वर्षमा खोलो फर्कन्छ’ तर खोला फर्कने होइन छ कि छैन या त खोलो थियो कि थिएन भन्ने आभाश गर्दै छन् जनताले । पिडीतले परिपुर्ति र क्षतिपुर्ती पाउन पर्ने हो तर अझै पनि त्यस्तो हुन सकेको छैन । माओवादीले थालेको शसस्त्र युद्धको अन्त्य भएको १२ वर्ष पुरा भै सकेको अवस्थामा पनि बेनी आक्रमणका समयमा खुट्टा गुमाएका कृष्णलाल श्रेष्ठले राहतको महसुष गर्न सकेका छैनन् । उनी जस्तै धेरै कृष्णलाल छन् जो राहत र क्षतीपुर्तीको आशामा जिल्ला प्रशासनको ढोकामा पुग्ने तर आश्वासन सिवाए केही पाएका छैनन् । यस्तो अवस्थाबाट बाहिर आएर पिडीतले राहतको महशुष अनि शान्ति प्रकृया निश्कर्षमा पुगेको आभास लिन पाइयोस यही छ कामना ।
Previous Articleप्यासीले ल्याए पञ्चेबाजा गीत
Next Article मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला