तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन दर्जन केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई सम्बोधन गरिएको ज्ञापनपत्र बुधबार दिउँसो महासचिव विष्णु पौडेललाई बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरुमा जगन्नाथ खतिवडा, डा. विजय पौडेल, प्रेमल खनाल, ठाकुर गैरे, विश्वनाथ प्याकुरेल, माधव अर्याल, हरि राई, रामुकमारी झाँक्री, जयन्ती राईलगायत छन् ।
उनीहरुले तत्काल पार्टीको एकीकरणलाई सक्नु पर्ने, तल्लो तहका नेतृत्व छनोट गर्दा मापदण्ड निर्धारण गरेर गर्नुपर्ने लगायतका माग राखेका छन् ।