संयुक्त राष्ट्र हुलाक विभागले नेपाल र भारतमा मनाइने प्रकाशको पर्व तिहारको उपलक्षमा ‘दियो’ भएको टिकट जारी गरेकोमा भारतले संयुक्त राष्ट्रप्रति आभार व्यक्त गरेको छ ।
उक्त कार्यप्रति नेपाल, श्रीलंका, सिंगापुर, मोरिसस, क्यानाडा, फ्रांस, ब्रिटेन आदि २३ देशहरूले समेत समर्थन जनाएको भारतीय संचार माध्यमहरूले लेखेका छन् ।
संयुक्त राष्ट्र पोस्टल एजेन्सीको वेबसाइटमा राखिएको उक्त हुलाक टिकट शृंखलाको परिचयात्मक विवरण राखिएको छ । त्यसमा नेपालको भने नामै छैन । जबकि हामीकहाँ यसलाई धेरै समुदायहरूले आफ्नै मौलिक किसिमले मनाउँछन् ।
उक्त हुलाक टिकट शृंखलाको परिचयमा दीपावली पर्वलाई सम्झन योग्य बनाउन उक्त शृंखला जारी गरिएको बताइएको छ ।
त्यसमा अगाडि भनिएको छ, ‘दीपावलीका नामले पनि चिनिने दिवाली प्रकाशको हर्षोल्लासपूर्ण र प्रख्यात पर्व हो । यो भारतमा र विश्वका कतिपय ठाउँहरूमा विभिन्न आस्थाका मानिसहरूले मनाउने गर्दछन् ।’
एजेंसीको वेबसाइटमाँ भनिएको छ, ‘पाँच दिन चल्ने उत्सवमा जलाइने ‘दिया’ भनिने माटाका बत्तीहरूले खराबमाथि राम्रोको जीतलाई दर्शाउँछ । यसकासाथै कतिपय समुदायहरूमा यसलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ ।’
सम्बन्धित् समाचार कसरी सुरु भयो देउसी–भैलो ? तिहारसँग जोडिएका केहि रोचक तथ्य
जबकि यस अवधिमा नयाँ वर्ष मनाउने भनेको नेपालको नेवार समुदायले हो । तर उक्त परिचयात्मक विवरणमा नेपालको नामै उल्लेख नहुनु भने आश्चर्य चकित पार्ने खालको छ ।
उक्त टिकट शृंखलामा १.१५ अमेरिकी डलर मूल्यका दस वटा टिकट रहेका छन् । यी दश वटै टिकटहरूमा अलग अलग प्रकारका दियाहरू प्रदर्शित गरिएका छन् ।।
त्यस्तै उक्त शृंखलाका दशवटै टिकटहरू भएको पानाको पृष्ठभूमिमा प्रकाशमा चम्किराखेको संयुक्त राष्ट्र भवन देखाइएको छ जसमा ‘ह्याप्पी दिवाली’लेखिएको छ ।
उक्त टिकटहरू संयुक्त राष्ट्र पोस्टल एजेन्सीबाट सोझै या अनलाइनबाट किन्न सकिनेछ ।
संयुक्त राष्ट्रले गत १९ अक्टोबरका दिन दीपावलीको सम्मानमा डाक टिकट जारी गरेको थियो ।
सनुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि सैयद अकबरुद्दीनले संयुक्त राष्ट्रलाई उक्त कामका लागि धन्यवाद दिएका छन् ।
उनले ट्वीट गर्दै ‘सयुक्त राष्ट्र्मा हरेक दिन राम्रो र खराबबीचको संघर्ष चलिराख्ने र यस्तो मौकामा प्रकाश पर्वको र खराबमाथि राम्रोको जीतको प्रतीकको रूप्मारहेको तिहारको हुलाक टिकट शृंखलाको पहिलो किस्ता जारी गरेकोमा संयुक्त राष्ट्रलाई धन्यवाद’ भनका छन् ।
सम्बन्धित् समाचार यूएन क्षेत्रीय कार्यालय हट्ने
यस अघि २०१६ मा संयुक्त राज्य अमेरिकाले पनि तिहारलाई सांकेतिक रूपमा दर्शाउँदै ‘दीपावली फर एभर युएस’ टिकट शृंखला जारी गरेको थियो । उक्त टिकट शृंखला अमेरिकाको सर्वाधिक बिक्री हुने हुलाक टिकटमध्ये पर्दछ ।