भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने कार्यक्रम रद्ध भए पनि उनले गृहमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई जनकपुर पठाउने भएका छन् । मोदीले गृहमन्त्री राजनाथ सिंह र मुख्यमन्त्री योगी आदित्यनाथलाई मोदीलाई जनकपुर पठाउने भएका हुन् ।
प्रदेश नम्बर २ को जनकपुरमा मनाइने रामजानकी महोत्सवमा सहभागी हुन सिंह र योगी जनकपुर आउन लागेका हुन् । उक्त कार्यक्रममा सहभागी हुन गृहमन्त्री र मुख् यमन्त्री कात्तिक २६ गते जनकपुर आउन लागेका हुन् ।
भारतको आन्तरिक राजनीतिमा देखिएको संवेदनशिलता र नोभेम्बरमा हुन लागेको पाँच राज्यको चुनावका कारण प्रधानमन्त्री मोदीको नेपाल भ्रमण स्थगित भएको हो । मोदी पाँचौ पटक नेपाल आउन लागेका थिए । तर उक्त कार्यक्रम नजिकिँदो निर्वाचनसँगै विवादहरू पनि देखिन थालेकाले आउन नसकेका हुन् ।
उनको सट्टामा भारतबाट सिंह र योगी नेपाल आउन लागेका हुन् । मोदी चुनाव प्रचारमा व्यस्त भएकाले नेपाल भ्रमण रद्द गरिएको बताइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक निम्तोको जवाफ भने भारतको विदेश मन्त्रालयले दिएको छैन् । मोदी भ्रमण रद्द हुनुमा उनी नेपालप्रति असन्तुष्ट रहेको रूपमा पनि बुझिएको छ ।
बिम्स्टेक सदस्य राष्ट्रको भारतमा हुन लागेको सैनिक अभ्यासमा अन्तिम समयमा नेपालले सेना नपठाएपछि मोदी असन्तुष्ट रहेको बुझिएको छ ।